अस्पतालमा बिरामीको मृत्यु : दलाली गर्ने गिरोहको रजाई कहिलेसम्म ?



Download our app to get more features

स्वास्थ्य सेवा मानव जीवनको महत्वपूर्ण विषय हो । स्वास्थ्य क्षेत्रमा शान्तिपूर्ण रुपमा सेवा प्रदान गर्न सकियोस् भन्ने सबैको चाहना हुन्छ । अस्पतालले बिरामी आकस्मिक कक्षमा आउनसाथ जहिले पनि निकै महत्ववपूर्ण रूपमा हेरिरहेको हुन्छ ।

चिकित्सा विज्ञानमा नेपालले पनि धेरै प्रगति गरिसकेको अवस्था छ । यहाँका अस्पतालहरू पनि आफ्नो गुणस्तरीय सेवा दिन लागि परेकाका छन् । स्वास्थ्य क्षेत्र भनेको मानिसको जिन्दगीसँग प्रत्यक्ष सम्बन्धित रहेको हुनाले यो क्षेत्रसँग सम्बन्धित हरेक व्यक्ति सचेत रहेर अस्पताल जस्तो ठाउँमा शान्तिपूर्ण तरिकाबाट काम गर्ने वातावरण सिर्जना गराउन सरकारले पनि सुरक्षा निकायलाई निर्देशन दिनु आवश्यक छ । चिकित्सक तथा अस्पतालमाथि पछिल्लो समय भइरहेको आक्रमण कुनै नयाँ होइनन् । आफन्तको मृत्यु भएमा चिकित्सकको लापरवाही भन्दै अस्पताल तोडफोड र स्वाथ्यकर्मीमाथि श्रृखलाबद्ध रुपमा हातपात भइरहेका छन् । कतिपय अस्पतालमा यस्ता केसलाई उचालेर क्षतिपूर्तिका नाममा अस्पतालसँग रकम असुल गरेर मृतकका आफन्तसँग रकम बाँडफाँड गर्ने गिरोह समेत सक्रिय रहेको चर्चा छ । यसले अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षामा ज्यादै ठूलो चुनौती देखिएको छ ।

अस्पताल र डाक्टरहरुमाथि पछिल्लो समय नियोजित रुपमा श्रृखलाबद्ध हमला भैरहेका छन् । बिरामीको मृत्युको बिषयलाई लिएर लासको व्यापार गर्ने गिरोहको सञ्जालले देशभरका सबै अस्पतालमा एक खालको अड्डा जमाएको अवस्था छ । अस्पतालमा कुनै पनि बिरामीको सामान्य मृत्युलाई पनि ती दलालहरूले ठुलो घटना बनाएर अस्पतालसँग लाखौं÷करोडौ रुपैयाँ बार्गेनिङ गर्ने गरेको धेरै उदाहरण छन् । अस्पतालले पैसा नदिए अस्पतालमा आगो लगाउने, डाक्टरमाथि नै आक्रमण गर्ने जस्ता आपराधिक क्रियाकलपा हुँदै आएका छन् ।

कुनै पनि अस्पताल र डाक्टरले बिरामीको उपचारमा कुनै कसुर बाँकी नराखी उपचार गरिरहेको हुन्छ । उपचाररत बिरामीमा एकै चोटी विभिन्न रोगले आक्रमण गर्दा बिरामीलाई बचाउन सक्ने अवस्था नहुन सक्छ ।  त्यो समय डाक्टरहरु र बिरामीका आफन्तले नसोचेको अप्रिय घटना घटना पुग्छ । यहि कुरालाई लिएर अस्पताल र डाक्टरहरुले बिरामी मार्यो भनेर अस्पतालको भौतिक संरचना तोडफोड पर्ने र डाक्टरमाथि आतंककारी सैलीमा आक्रमण गर्ने जो कोहीलाई प्रसाशनले कारबाई गर्नुपर्छ ।

लापरवाही भएको लागे कानुनी प्रक्रियामा जाऔं

अस्पतालमा कुनै पनि बिरामी आकस्मिक कक्षमा आउनासाथ डाक्टरले आफ्नो चिकित्सकीय धर्मलाई पालना गरेको नै हुन्छ । त्यो डाक्टर जसले तपाईंलाई सेवा दिइरहेको छ, ऊ कुनै अर्कै संसारको मान्छे होइन । त्यो तपाईंको आफ्नै छोरा, बुबा, दाई तथा दिदी–बहिनी पनि हुनसक्छ । अस्पतालमा कुनै पनि डाक्टरले हेरेको बिरामीलाई कसरी राम्रो तरिकाबाट सेवा दिई घर पठाउने भन्ने हुन्छ । कहिले काही बिरामी पनि ठिक भईसक्दा पनि घर जाने बेलामा विभिन्न बाहना बनाउँदै अस्पतालले सेवा राम्रो दिएन जस्ता दोषारोपण गराउँदै पन्छिन खोज्छन् । अस्पतालमा गएर सेवा लिएपछि आफ्नो धर्म अनुसार के–कति पैसा तिर्नु पर्ने हो । त्यो तिर्नुपर्ने कर्तव्य जसले सेवा लिएको हो उसको हो ।

बिरामीका आफन्तहरूलाई पनि अस्पतालले गल्ती गरेर बिरामीको स्वास्थ्य गम्भीर खेलबाड गरेको लागेमा उनीहरूले पनि सम्बन्धित निकायबाट आफ्नो समस्यालाई सरकारी तवरबाट पनि सत्यतथ्य के हो छानबिन गरी दोषीलाई कारबाही गर्नु आवश्यक छ । स्वास्थ्यकर्मीलाई बिना कुनै गल्ती कार्यस्थलमा कुटपिट तथा अभद्र व्यवहार गर्नु जस्तो अनैतिक कार्य मानवजीवनको हुनै सक्दैन ।

स्वास्थ्य क्षेत्रमा बेला–बेलामा भएका यस्ता दुव्र्यवहार कुनै पनि हालतमा सह्य हुँदैन । सरकारी निकायबाट पनि उपचार गराउन बसेका स्वास्थ्यकर्मीहरूलाई सुरक्षित रूपमा स्वास्थ्य सेवा दिने वातावरण बनाउनु आजको आवश्यकता हो ।

Last modified on 2019-10-27 08:21:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts