रेबिजको सुई अब सबै प्राथमिक स्वास्थ्य केन्द्रमा 



Download our app to get more features

काठमाडौं, १८ कात्तिक । सरकारको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुई भण्डारणको क्षमता भएका सबै प्राथमिक स्वास्थ्य चौकीहरुमा रेबिजको सुई पठाउन थालेको छ । 

गत, साउनमा काभ्रेका एक युवकको रेबिजका कारण ज्यान गएपछि विभागले सुई वितरण थालेको जनाएको छ । यद्यपी ती सुई प्रदेश मेडिकल स्टोरहरुसँग समन्वय गरि प्राथमिक स्वास्थ्य चौकीहरुले लानुपर्ने छ ।

रेबिजले ज्यान जाने युवकले नजिकै रेबिज विरुद्धको सुई नपाएकाले नलगाएको घटनापछि गरिएको अध्ययनबाट पत्ता लागेको थियो । रेबिजको सुई सबै स्थानीय तह र प्राथमिक स्वास्थ्य चौकीमा उपलब्ध भए जनावरले टोक्नासाथ सुई लगाउन सक्छन् भनेर यो कार्यक्रम थालिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जुनोटिक रोग शाखाकी भेटेनरी अफिसर डा. रोशिका श्रेष्ठले बताइन् । उनले भनिन्, काभ्रेमा रेबिजले युवकको ज्यान गइसकेपछि रेबिजको खोपलाई सबैको पहुँचमा पुर्याउन विभागले गरेको निर्णय अनुसार माग भइआएको प्राथमिक स्वास्थ्य चौकीलाई रेबिजको खोप पठाइएको छ । 

रेबिजको खोप यसअघि जिल्ला स्वास्थ्य कार्यालयमा हुन्थ्यो त्यो पनि समयसमयमा स्टक सकिएर बिरामीहरु राजधानी नै आउनुपर्ने बाध्यता थियो । रेबिज प्राणघातक रोग हो । यसको संक्रमण भएर लक्षण देखापरेपछि मानिसको मृत्यु हुन्छ । घरपालुवा वा वन्यजन्तुको टोकाइबाट सर्ने रेबिजको लक्षण केही वर्षमा देखिनपनि सक्छ । तर, रेबिज संक्रमण भइसकेपछि मानिसको बाँच्ने सम्भावना नगन्य हुने महाशाखाको जुनोटिक  तथा अन्य सरुवा रोग शाखाका प्रमुख डा. हेमन्त चन्द्र ओझाले बताए । 
 

Last modified on 2019-11-15 14:07:05

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts