चोटलाई सामान्य भनेर बेवास्ता नगरौं

भिडियोसहित



Download our app to get more features

अधिकांश मानिस ठूलो वा गम्भीर चोट नलागी अस्पताल जादैनन् । चोटपटकको दुखाई सहनै नसके मात्रै अस्पताल जाने धेरैको बानी हुन्छ । तर, यसरी ढिलोगरी अस्पताल आउँदा संक्रमण फैलिने बताउँछन हाडजोर्नी विशेषज्ञ डा. अनिमेष जोशी । चोटपटक लागे पहिलो चरणमा कसरी उपचार गर्ने भन्ने विषयमा डा.को सुझाव यस्तो छ :-

  • चोट पटक लागेको स्थानमा बरफले सेक्ने ।
  • आराम गर्ने । 
  • बरफले सेक्दा सुन्निए भाग ठिक हुन्छ ।
  • चोट लागेपछि सकेसम्म छिटो अस्पताल जाने ।

चोटपटकबाट हड्डी खिइने रोग

उमेर बढ्दै गएपछि जोर्नीहरू पनि खिइदै जान्छ । तर चोटपटकको उपचार समयमै भएन भने पनि हड्डी खिइने समस्या देखिन सक्छ । चोटपटकका कारण हड्डी खिइएको यसरी थाहा पाउन सकिन्छ :-

लक्षण 

  • जोर्नीमा सहनै नसक्ने दुखाई ।
  • हिड्न नसक्ने ।
  • शरीर चल्मलाउनै नहुने 

बच्ने उपाय

  • उकालो हिड्न हुदैन ।
  • उभिएरै पुजा गर्ने । पलेँटी कसेर नबस्ने । 
  • नियमित व्ययाम गर्ने ।
  • फिजियोथेरापी गर्ने । 
  • चोटपटक लागेमा अस्पताल जाने । 

भिडियो हेर्नुहोस्:

Last modified on 2018-02-06 10:16:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts