कलेजले ठगेपछि न्याय माग्दै चक्रवती कलेजका विद्यार्थि आन्दोलमा



Download our app to get more features

 काठमाडौं, २० कात्तिक । यतिबेला भक्तपुरस्थित चक्रवती हबी नर्सिङ कलेजका विद्यार्थि सडकमा उत्रेका छन् । 

नर्सिङ पढाउने भन्दै ठगेपछि ३० जना नर्सिङका विद्यार्थीहरु आन्दोलमा उत्रेका हुन् । आन्दोलनरत एक विद्यार्थिले भनिन कहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०, कहिले शिक्षा मन्त्रालय, र कहिले सोही  कलेजमा न्याय माग्न धाइरहेका छौं ।  

आन्दोलनरत्त विद्यार्थि प्रमिका साहीका अनुसार सो कलेजले पाएको प्रवीणता प्रमाण पत्र तह नर्सिङ कार्यक्रमको लाइसेन्स दुई वर्षअघि नै खारेज भएको रहेछ । तर लाइसेन्स खारेज भएपनि कलेजले विद्यार्थि भर्नाका लागि विज्ञापन खुलाइपछि अध्ययन गर्न त्यस कलेजमा पुगेको बताइन् । कलेजले ठगीमा परेका सबै विद्यार्थि दुर्गमका रहेको र कलेजको सम्बन्धन खारेजका बारेमा आफुलाई केहि पनि थाहा नभएको उनले बताइन् । उनले प्रश्न गरिन कलेजले किन भर्ना लियो सम्बन्धन खारेज हुदाँहुँदै <

उनीहरुले वार्षिक परीक्षाको समयमा मात्र कलेजले ठगेको थाहा पाएको उनी बताउँछिन् । कलेमा परीक्षाको समयमा सिटिइभिटिबाट आउने प्रवेश पत्र नआएपछि मात्र कलेजले ठगेको थाहा पाएको बताउँछन् । त्यसबेला नै विद्यार्थिले कलेज प्रशासनसंग जवाफ मागेका थिए । तर कलेज त्यसबेलासम्म आफ्नो सम्बन्धन खारेज भएको विद्यार्थिलाई सुनाए बरु उल्टै आउछ भन्दै विद्यार्थिलाई राख्यो । 

कलेजले आफ्नो सम्बन्धन खारेज भएपछि कलेजका विषयमा पाटन उच्च अदालतमा मुदा थियो गत ४ कातिकमा अन्तिम फैसाला सुनाउदै अदालतले कलेजको सम्बन्धन खारेज भएको फौसला गरेको थियो । 

साउनमा परीक्षा दिन नपाए विद्यार्थि पहिले विभिन्न सम्बन्धित निकायमा गएर आफ्नो भविष्य अन्योलमा नपार्न आग्रह गरेको तर कसैले पनि कुरा नसुने पछि आन्दोलनमा उत्रनु परेको शाही बताउँछिन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts