डा. केसीले तोडे अनसन



Download our app to get more features

डडेल्धुरा, २६ कात्तिक । डडेल्धुरामा नौ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले अनसन स्थगीत गरेका छन्।

उनले डडेल्धुरा अस्पतालमा पत्रकार सम्मेलन गर्दै अनसन स्थगीत भएको घोषणा गरेका हुन्। गत सोमबारदेखि ७ बुँदे माग सहित आफ्नो १७ औँ सत्याग्रह थालेका उनले नौ दिनमा आएर अनशन तोडेका छन् । उनले ४ वर्षीय स्यान्सु जैरुबाट जुस पिएर अनशन तोडेका छन । केसीले अहिले भारतले नेपाली भूमी कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सारमा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन अनसन स्थगीत गरेको बताएका छन्।

Last modified on 2019-11-14 15:13:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts