१ कार्तिकदेखि ल्याब असिष्टेन्ट बाहेकका पदको गुनासो दर्ता नहुने 



Download our app to get more features

काठमाडौं, ३० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ कार्तिकदेखि ल्याब असिष्टेन्ट बाहेकका पदको सुनासो दर्ता नगर्ने जनाएको छ ।

मन्त्रालयले समायोजन भएका कर्मचारीहरुलाई १७ असोजसम्म म्याद दिई गुनासो दर्ता गर्न ९ असोजमा सुचना जारी गरेको थियो । तर हालसम्म पनि गुनासो निवेदन दर्ता हुन आइरहेको मन्त्रालयले जनाएको छ ।

यसै सम्बन्धमा मन्त्रालयले बिहिबार सुचना जारी गर्दै समायोजनका क्रममा भएका त्रुटि एंव वैध र ल्याब असिस्टेन्ट पद बाहेक अन्य विषयको शुक्रबार (१ कार्तिक) देखि गुनासो दर्ता नगरिने जनाएको छ । 


 

Last modified on 2019-10-18 07:22:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts