सुरक्षाको माग राख्दै डडेलधुरा अस्पतालका ११ चिकित्सक बसे सामूहिक बिदामा



Download our app to get more features

काठमाडौं, १ असार । काठमाडौं, १ असार । डडेलधुरा अस्पतालमा कार्यरत ११ जना चिकित्सकले सुरक्षाको माग राख्दै सामूहिक रुपमा बिदामा बसेका छन् । 

शुक्रबार  अमरगढी नगरपालिकाकी २५ वर्षीया गीता ताम्राकारको उपचारको क्रममा मृत्यु भएसँगै उनका आफन्त आन्दोलनमा उत्रिएका छन् ।

उपचारमा चिकित्सकको चरम लापरवाही रहेको भन्दै मृतकका आफन्त चिकित्सक विरद्ध उत्रिएका हुन् । सोहीकारण चिकित्सकहरुले सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

जेठ ३१ गते देखि अस्पतालमा उत्पन्न भएको समस्याबारे ध्यानाकर्षण गराउँदा प्रमुख जिल्ला अधिकारी  नै गैरजिम्मेवार रुपमा प्रस्तुत भएको चिकित्सकहरुको आरोप छ ।

 सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नर्फकने चिकित्सकहरुको चेतावनी छ । 

अस्पताल जस्तो संवेदनशील ठाउँमा हुलदंगा गरी अराजकता निम्ताउने समूहलाई तत्काल कानूनी दयारमा ल्याउन समेत चिकित्सकहरुले माग गरेका छन् ।  

सामूहिक विदा माग गर्नेमा डडेल्धुरा अस्पतालका डाक्टर ललित सुरी, डा उत्तम भट्ट, डा पदम नेपाली, डा अमृत अधिकारी, डा सुभास लामिछाने, डा विकास दुवाडी, डा विभव बस्याल, डा नरेश श्रेष्ठ, डा सृजना अधिकारी डा सिर्जना महर्जन र डा डवल बुडा रहेका छन् ।

 चिकित्सकहरुले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेललाई बिदामा बस्ने पत्र बुझाएका छन् ।  


Last modified on 2019-06-20 06:57:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts