गर्मीमा आँखाका लागि ३ मन्त्र...



Download our app to get more features

संसारको स्वरुप देखाउने आँखाको महत्व बाहिरी सौन्दर्यका लागि पनि उत्तिकै छ । 

यस्तो अमूल्य आँखालाई जाडोभन्दा गर्मीमा बढी खतरा छ । गर्मी मौसममा आँखा चिलाउने, बिझाउने समस्या बढी देखिन्छ । हाम्रो शरीरबाटै उत्पन्न हुने प्रतिक्रियाका कारण यस्तो हुने र मेडिकल भाषामा यसलाई ‘एलर्जी कन्जुम्टिभाइटिस’ भनिने आँखारोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल बताउँछन् । 

सूर्यको विकिरण र वातावरण प्रदुषणका कारण गर्मीमा आँखालाई बढी खतरा हून्छ । प्रदुषित प्राकृतिक तातो हावाले आँखामा समस्या पारिदिन्छ । कचौरा बनोटको काठमाडौंमा तातो हावा तलै खेलिरहने समस्याले हावाको कण ‘पी १० माइक्रोन’ भन्दा सानो हुने र आँखामा असर पार्ने डा. ढुंगेल बताउँछन् । गर्मीका कारण आँखामा मेलानोमा या लायमोफोमाजस्ता रोग निम्तिने खतरा रहन्छ । 

अनुहारको छालाको सुरक्षा गर्न सनब्लक क्रिम प्रयोग गर्ने धेरै हुन्छन, तर आँखा जोगाउने सवालमा अधिकांशले बेमतलव गरिरहेका हुन्छन् । चिकित्सक तथा अप्टोमेट्रिस्टहरुको सुझाव स्विकार्ने हो भने गर्मीमा आँखाको सुरक्षाका लागि कम्तीमा तीन मन्त्र लागू गर्नैपर्छ :

सनग्लासः सनग्लासले घामबाट आउने खतरनाक अल्ट्राभाइलेट ‘बी’ किरण रोक्छ । छाँयामा बस्दासमेत सनग्लास प्रयोग गर्नुपर्छ । छाँयामा पनि अल्ट्राभाइलेट हुन्छ, सीधा घाममा भन्दा केही डिगी्र कम मात्रै हो । आँखामा धुवाँ–धुलो सीधा पर्न पनि सनग्लासले दिँदैन । 

ह्याटः गर्मीमा ह्याट सकेसम्म नछुटाएको राम्रो हुन्छ । अल्ट्राभाइलेट किरणको सीधा असर घाममा पर्नबाट ह्याटले रोकिदिन्छ । 

हाइड्रेसनः आँखा स्वास्थ्य राख्न शुद्ध पानी निकै जरुरी हुन्छ । हरेक दिन कम्तीमा दुई लिटर पानी अनिवार्य पिउनुपर्छ, ताकि आँखामा हिडाइडे«सन(पानीको कमी) नहोस् । डिहाइडे«सनले आँखामा चिप्लोपना कम आउन सक्छ र आँखा सुक्खा भएर लाग्ने रोग निम्तिन सक्छ । पर्याप्त पानी पिउँदा आँखाको गतिविधिले गर्मीको प्रभाव सन्तुलित बनाउँछ । 

Last modified on 2019-06-25 15:13:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts