विश्व सेतो दुबी दिवस मनाइयो



Download our app to get more features

काठमाडौं, १० असार  । हरेक वर्ष २५ जुनका दिन ‘विश्व दुबी दिवस’ विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइन्छ ।  यसै दिवसको अवसरमा आज ‘भिटिलिगो जोर्नी हिलिङ स्टट विथ मि’ नारासहित ‘विश्व दुबी दिवस’ मनाइएको छ ।

 नेपालमा पनि ‘भिटिलिगो इज नट कन्टाजियस, इट इज ट्रिटेबल’ नारासहित  देशैभरी दुबीको बारेमा जनचेतनामूलक कार्यक्रम  गरिएको छ । 

नेपाल चर्म, यौन तथा कुष्ठरोग समाजले यस दिवसको अवसरमा मुलुकभरी चर्मरोग विशेषज्ञ सदस्यहरुलाई  दुबीको समस्या भएकालाई निशुल्क उपचार र आवश्यक परामर्श दिन आग्रह गरेको समाजका अध्यक्ष तथा चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. सुदीप पराजुलीले जानकारी दिए ।

उनकाअनुसार समाजले पनि त्रिवि शिक्षण अस्पतालमा दुबीका बारेमा निःशूल्क परामर्शसहित जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।  

उनले दुबी कुनै सरुवा रोग नभएको बताउँदै यसको उपचार नेपालमै संभव भएको बताए । छालाको यो समस्याको उपचारबारे आममानिसले बुझ्न अत्यन्तै जरुरी रहेको डा. पराजुलीको भनाइ छ ।

Last modified on 2019-06-26 09:38:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts