छाला कडा हुने बाथ ‘स्कलेरोडर्मा’: यस्ता छन् जटिलताहरु 

महिलामा हुन्छ बढी 



Download our app to get more features

 

स्क्लेरोडर्मा (Scleroderma) छाला कडा हुने एक प्रकारको बाथ रोग हो ।  जसलाई  छालाको बाथ  पनि भनिन्छ । योे बाथ दुई प्रकारका हुन्छन्, (Localized Diffuse)  यस्तो बाथले छालासंगै  शरीरका  भित्री अंङ्गहरु मुटु, फोक्सो, खानाको नलीमा असर पर्नसक्छ । 

 लक्षण

छाला (औंला तथा हाथ, खुट्टाका) सुन्निने र बिस्तारै कडा हुँदै जाने ।

चिसोमा औंलाको रंङ्ग परिवर्तन भएर सेतो, निलो हुने  ।

छाला बाक्लो र कडा हुने कारणले मुठ्ठी पार्न गाह्रो हुने  ।

खाना निल्न गाह्रो हुदै जाने, अमिलो पानी आउने  ।

जोर्नीहरु दुख्ने, सुन्निने, अरठ्ठो हुने  ।

फोक्सोमा जाली पर्नाले दम बड्ने, सास फेर्न गाह्रो हुने  ।

मांशपेशी कमजोर हुँदै जाने  ।

छाती दुख्ने, मुटु ढुकढुक हुने  ।

यस्ता छन् जटिलताहरु

छाला कडा र साह्रो भएर औलाहरु सुक्दै जाने,
मुख सानो हुदै जाने (मुख खोल्न गाह्रो हुने),

जोर्नी चलाउन गाह्रो हुने,
फोक्सोमा जाली पर्ने
औलाका टुप्पामा घाउ हुने र मरेर जाने,
छाला र फोक्सोको सम्भावना बढ्ने

मुटुमा असर पार्ने
मृगौलामा असर पार्ने  
खानाको नलीमा असर पार्ने

कसलाई हुन्छ बढी ?
महिलामा बढी देखिन्छ (३ देखि ७ गुणा बढी)
३५ देखि ५० वर्षको उमेरमा सुरु हुन्छ
सानो उमेरमा कम देखिन्छ

हरेक १ लाखमा ६ जनालाई हुन सक्छ

के गर्ने के नगर्ने ?

छालालाई नरम राख्न moisturizer/cream को प्रयोग गर्ने ।
जोर्नीको वरिपरि घाउ हुने सम्भावना हुँदा  घाउ हुन नदिने ।
चिसोबाट बच्ने ।
औंलाहरु र शरीरलाई न्यानो राख्ने ।
कडा किसिमको सरफ र साबुनको प्रयोग नगर्ने, घरको काम गर्दा पञ्जाको प्रयोग गर्ने ।
औंलाका टुप्पामा घाउ आउँदा तुरुन्त उपचार गर्ने ।
नियमित व्यायम गर्ने ।

कस्ता खानापानमा ध्यान दिने 

मद्यपान तथा धुम्रपानको  प्रयोग नगर्ने
चिया, कफि, चिल्लो र मसलाहरु कम खाने
खाना ठिक्क मात्रामा खाने र खाएको ३ घण्टासम्म खाटमा नपल्टिने
वजनलाई ध्यानमा  राख्ने 

उपचार

यस बाथको उपचार  लक्षण र कुन अंगमा असर भएको छ सोही अनुसार उपचार फरक–फरक हुन्छ । 
खाने कुरामा ध्यान दिने
व्यायाम सँगै औषधिको जरुरत
स्वास्थ जीवनशैली अपनाउने 
भित्रि अंङ्गहरु फोक्सो, मुटु, मिगौलामा असर गरेको अवस्थामा उपचार जटील हुनसक्ने हुँदा समयमै चिकित्सकसँग  सल्लाह  लिने

Last modified on 2019-07-06 12:42:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts