यस्ता लक्षण देखिनु पक्षघातको संकेत (भिडियोसहित)



Download our app to get more features

पक्षघातका कारण कम उमेरमै धेरैको ज्यान गइरहेको छ । कलिलो उमेरका मानिसमा किन हुन्छ पक्षघात र यसबाट बच्न के सावधानी अपनाउने भन्ने विषयमा शल्यचिकित्सक डा. अभिषेक चतुर्वेदीसँगको कुराकानीको अंश:–

पक्षघात भनेको के हो ?
मस्तिष्कको रक्तनलीमा रगत जम्दा वा मुटु लगायतका भागमा जमेको रगत घुम्दै मस्तिष्कमा पुग्दा रक्तनली जाम हुन्छ । त्यसपछि त्यो भाग भन्दा पछाडी रगत र आवश्यक पोषण तत्व जान पाउँदैन र कोषहरु मर्न थाल्छ ।

साथै चोटपटक वा उच्चरक्तचाप, वंशाणुगत गुण आदि कारणले मस्तिष्कको नसा फुटेर बाहिर आउँछ जसले गर्दा त्यहाँ भन्दा पछाडिको भागमा रगत र आवश्यक पोषणहरु जान पाउदैन र त्यहाँका नसाहरु सुक्छन् र काम गर्न छाड्छन् यसैलाई पक्षघात भनिन्छ । 

पक्षघातका कारण
पक्षघात हुनु भन्दा ६ महिना वर्षदिन अघि नै लक्षण देखिन्छन् । तर, कोही व्यक्तिमा एक्कासी बेहोस हुने, मुर्छा पर्ने समेत हुनसक्छ । यद्यपि, निम्न कारणले पक्षघात हुने सम्भावना उच्च रहन्छ । 
    विभिन्न कारणले मस्तिष्कमा आवश्यक मात्रामा रगत नपुग्नु । 
    मस्तिष्कमा चोटपटक लाग्नु ।
    वंशाणुगत गुण ।
    उच्च रक्तचाप ।
    मधुमेह ।
    कोलेस्ट्रोल ।
    बढी तनाव ।
    बढी तौल । 
    विलासी जीवनशैली ।
    अस्वस्थ खानपान ।
    धुमपान तथा मध्यपान ।

पक्षघातका लक्षणहरु 

  •     कुनै एक अंगले काम नगर्नु ।
  •     कहिले काही मुख बाँगिने ।
  •     बोल्न अप्ठ्यारो हुने ।
  •     दिमागले काम नगर्ने ।
  •     हात खुट्टा लुलो, लाटो हुने ।
  •     मुर्छा पर्नु ।
  •     छारेरोग लागे जस्तो लक्षण देखिनु ।
  •     टाउको दुख्नु । 
  •     हिड्डुल गर्न गाह्रो हुनु । 

पक्षघात कुन उमेर समुहका मानिसमा बढी देखिन्छ ?
 

यो बच्चादेखि वृद्धवृद्धा जुनसुकै उमेर समूहका मानिसमा देखिन सक्छ । तर, बढीजसो उल्कदो उमेरका वा ४०–४५ कटेका मानिसमा देखिन्छ ।

साथै मोटोपना बढी भएका, उच्चरक्तचाप मधुमेह, मुटुरोग, तनाव बढी भएका मानिसमा देखिने सम्भावना बढी हुन्छ ।  

पक्षघातबाट बच्न के गर्ने ?

  •     परिवारमा कसैलाई पक्षघात भएको छ भने समय समयमा स्वास्थ परीक्षण गराउनु पर्छ । 
  •     माथिका कुनै पनि लक्षण देखिए तुरुन्त स्वास्थ परीक्षण गराउने । 
  •     रक्तचाप, मधुमेह, कोलेस्ट्रोल नियन्त्रणमा राख्ने ।
  •     तनाव कम गर्ने ।
  •     तौल नियन्त्रणमा राख्ने ।
  •     धुमपान तथा मध्यपान नगर्ने ।
  •     नियमित व्यायम गर्ने ।
  •     स्वस्थकर खानपानमा ध्यान दिने ।

पक्षघात भए पनि बेलैमा यसको सही उपचार भयो भने निको हुन्छ । तर अन्य रोगका लक्षण जस्तै छ भनेर हेलचक्राई गर्यो भने वा ढिला गरि उपचार गरेमा यसले ज्यान लिन सक्छ । 

हेरौं भिडियो

प्रस्तुतीः सर्मिला थापा
 


 

Last modified on 2019-07-08 15:06:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts