मनसुनमा सरुवा रोगबाट बच्न अपनाउनुस् यी उपाय......



Download our app to get more features

वर्षातको मौसममा बाढी, पहिरो आउने तथा भल बग्ने कारण पानी तथा खाद्यान्न पनि प्रदूषित हुन सक्छ । जसले गर्दा वर्षात्को मौसममा धेरै सरुवा वर्षात्को मौसममा धेरै सरुवा रोग लाग्ने सम्भावना पनि बढ्छ । पानी पर्ने मौसममा पानीमा संक्रमण चाँडो हुने हुँदा हाम्रो शरीरमा विभिन्न सरुवा रोग लाग्न सक्छ । त्यसैले यो मौसममा आफ्नो स्वास्थ्य तथा खानपिनमा अत्यन्तै ध्यान दिनुपर्छ । पानी पर्ने मौसममा आफ्नो र परिवार सबैको स्वास्थ्यलाई कसरी जोगाउने भन्ने प्रश्नमा डा.लोचन कार्की यसो भन्छन् :

► दूषित पानीबाट विभिन्न खालका हानिकारक जीवाणुहरु शरीरभित्र प्रवेश गर्न पाउँछन् । यस्तो दूषित पानीले जन्डिस, आउँ, झाडापखाला तथा हैजाजस्ता पानीजन्य रोगहरु लाग्न सक्छ । यस्ता रोगबाट बच्न सँधै शौचालय प्रयोग गर्नुपर्छ । शौचालय वरिपरि र नाला सफासुग्घर राख्नुपर्छ । पानी उमालेर मात्र खानुपर्छ । सफा पानी मात्र प्रयोग गर्नुपर्छ ।

► पानी पर्ने मौसममा सडक, घर वरिपरि हिलो हुने, पानीमा ढल मिसिने भएकाले विशेष सचेतता अपनाउनुपर्छ । पानीका माध्यमबाट खानेकुरामा फोहोर मिसिएर पानीमा संक्रमित हुन्छ । त्यस्तो संक्रमित खाद्यान्न सेवन गर्दा हामीलाई विभिन्न रोग लाग्न सक्छ ।

►  सलाद, फलफूलहरु सेवन गर्दा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । यस्ता फलफूल र सलाद सफा पानीले पखाल्दा हात राम्रोसँग धुनुपर्छ । अन्यथा, संक्रमित पानीमा हुने कीटाणुहरु शरीरमा पस्छन् र रोग लाग्न सक्छ ।

►  घर वरिपरि पानी जम्ने ठाउँ भए पुरिदिने या भत्काउने गर्नुपर्छ । अन्यथा, सरुवा रोगहरु सार्न सक्ने लामखुट्टे, झिँगा र अन्य कीटाणुहरु बस्न सक्छन् । त्यसैले झिँगा, लामखुट्टेको टोकाइबाट बच्न खाल्डोमा पानी जम्न दिनु हुँदैन । घरमा राख्ने गमलामा पनि पानी जम्ने हुनाले यस्ता गमलामा घरनजिक राख्नु हुँदैन ।

► खाना खानुअघि र बच्चालाई खाना खुवाउनुअघि राम्रोसँग हात धुनुपर्छ । त्यस्तै, खाना पकाउनुअघि, दिसा धोइसकेपछि, बच्चाको दिसा धोइसकेपछि, फोहोर छोएपछि साबुनपानीले राम्रोसाग हात धुनुपर्छ ।

Last modified on 2019-07-10 07:21:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts