धुम्रपानका कारण प्रत्येक दिन १७ अष्ट्रेलियालीको मृत्यु 


Download our app to get more features
Spark_health_home Birat Hospital

काठमाडौं, २७ असार । अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले प्रत्येक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ ।

अष्ट्रेलियाली नेसनल युनिभर्सीर्टी (एएनयु)ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्बन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ ।   उनीहरुका अनुसार धुम्रपानका कारण रक्तबाहिनी नलीसम्बन्धी समस्या तथा हृदयघातका कारण मृत्यु हुने गरेको उक्त अनुसन्धान प्रतिवेदनमा देखाइएको छ ।

vayoda

bp_ad

 यस विश्वविद्यालय अन्तर्गतको जनस्वास्थ्य तथा इपिडिमियोलोजी केन्द्रका एमिली ब्याङ्कस नेतृत्वको टोलीले सात वर्ष लगाएर अनुसन्धान गरेको हो ।  

अध्ययन टोलीले धुम्रपान गर्ने एक लाख ९० हजार अष्ट्रेलियालीमा अनुसन्धान गर्दा धुम्रपान नगर्नेको भन्दा ३६ प्रकारका फरक रोगहरु देखिएको जनाएको छ ।

 हरेक वर्ष रक्तबाहिनी सम्बन्धी समस्याका कारण मृत्यु हुनेको संख्या भन्दा छ हजार चार सय बढीको मृत्यु धुम्रपानका कारण हुने गरेको अध्ययनले देखाएको छ ।

अध्ययनका क्रममा मुटुसम्बन्धी विभिन्न रोग, चोटपटकलगायतका कारणले मृत्यु हुनेका बारेमा पनि अध्ययन गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् ।

 अष्ट्रेलियामा अहिले धुम्रपान गर्ने व्यक्तिको संख्या कुल २७ लाख रहेको अध्ययन टोलीका प्रमुख ब्याङ्कसले बताएका छन् । उनीहरुमध्ये अधिकांशले प्रत्येक दिन कम्तीमा पाँच ओटा चुरोट पिउने गरेका पनि सो अनुसन्धानमा बताएका छन् ।

Last modified on 2019-07-13 13:31:24

samyog_advertisement alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts