मनसुनमा इम्यून सिस्टमलाई बलियो बनाउन के खाने ?



Download our app to get more features

मनसुनको समयमा इन्फेक्सन, एलर्जी र चिसो लाग्नु सामान्य नै हो । इन्फेक्सनले शरीरलाई अत्याधिक कमजोर बनाउँछ । यस्तो समयमा खाना पच्न गाह्रो हुने र इम्यून सिस्टम पनि कमजोर हुन्छ । इम्यून सिस्टमलाई बढाउन के गर्न सकिन्छ त ? 

इम्यून सिस्टमलाई बढाउन स्वास्थ्य जीवनशैली अपनाउनु पर्दछ । सुत्नका लागि कुनै सम्झौता गर्नुहुन्न र निन्द्रा पुरा गर्नुपर्दछ । अत्याधिक सुत्नु पनि तपाईँको स्वास्थ्यका लागि हानिकारक हुन्छ । दैनिक जीवनमा आउने बिभिन्न किसिमका तनावबाट टाढा रहनु पर्दछ । 
इम्यून सिस्टमलाई बढाउनका प्रयोग गर्न सकिने केही खानेकुराहरु  

१. मरिच : खानामा मरिचको धुलो या टुक्रा पारेको मरिच प्रयोग गर्न सक्नुहुन्छ । यसले ग्यास्ट्रिकको समस्या समाधान गर्छ । छिटो बढ्ने व्यक्टेरियाहरुलाई बढ्न दिँदैन जसले रुघाखोकी र अन्य इन्फेक्सन कम हुन्छ ।

२. लसुन र अदुवा : सुपर एण्टि इन्फ्लेमेट्री तत्वले भरिएको लसुन र अदुवाले शरीरमा हुने दुखाई र वान्ता हुने समस्याबाट बचाउँछ । बुढीऔँलाको आकारको अदुवा, एउटा कागती, ३/४ लसुन र एक गाजर मिलाएर जुस बनाएर पिउनाले पनि इम्यून सिस्टम बढाउन मद्दत गर्दछ । 

३. तुलसी : रुघाखोकी, सासफेर्न गाह्रो हुने तथा फोक्सोमा हुने बिभिन्न रोगबाट बच्न तुलसीको प्रयोग गर्न सकिन्छ । तुलसीको पात सफा पानीमा हालेर पिउन सकिन्छ । यसरी पिउननाले पानीमा रहेको किटाणु मर्ने मात्र नभै तपाईँको शरीरलाई पनि बलियो बनाउँछ ।

४. बेसार र मह : सिजनल एलर्जीबाट बच्नका लागि बेसार र मह उत्कृष्ट औषधी हो । यसले रुघाखोकी, भाइरल इन्फेक्सन र सिजनल एलर्जीका व्याक्टेरियालाई कम गर्दछ र इम्यून सिस्टमलाई बलियो बनाउँछ ।  

 

(भारतीय आयुर्वेद संस्थान)

Last modified on 2019-07-17 13:54:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts