बजारमा पाइने यि सामानको प्रयोगले उत्पन्न हुन सक्छ झनै ठूलो समस्या



Download our app to get more features

दिनप्रतिदिन गर्मी बढ्दै गइरहेको छ । त्यसमाथि पनि धुँवा धुलोले झनै पीडित छौँ । बढ्दो गर्मी सँगै मौसम परिवर्तनले पनि हाम्रो अनुहारमा विभिन्न किसिमका समस्याहरु देखिन थाल्छ । 

विशेष गरी डन्डीफोर आउने, छाला चिलाउने जस्ता समस्याले हामीसबै ग्रसित हुन्छौँ । अनुहारको सुन्दरताका लागि हामी विशेष ध्यान दिने पनि गर्छौ । नियमित रुपमा पार्लर जाने, आफैँले बजारबाट विभिन्न किसिमका फेसवाश, स्क्रव, सावुन, क्लिङजिङ मिल्क, टोनर किनेर प्रयोग पनि गर्ने गर्छौ । 

तर, तपाईँलाई थाहा नहुन सक्छ, साबुन, फेसवाशमा, स्क्रव जस्ता सामानमा यस्ता रसायनिक तत्व हुनेगर्छ जसले हाम्रो अनुहारको छालालाई हानि पुर्याउनसक्छ ।

यसको नियमित प्रयोगले हाम्रो छाला सुक्खा बन्नुका साथै चाउरीपन पनि बढाउन सक्छ । फेसवाश, स्क्रब र साबुनमा प्रयोग भएको रसायनिक तत्वका कारण हाम्रो अनुहारमा भएको प्राकृतिक चिल्लोपनालाई सोस्छ । जसले गर्दा छालामा रुखोपन देखापर्न थाल्छ । त्यतिमात्र नभई बजारमा पाइने विभिन्न किसिमका ब्राण्डेड सामान छालामा सुहाउँदो भएन भने उल्टो असर पनि गर्न सक्छ । विमिरा आउने, खैरो दाग बस्ने, चिलाउने जस्ता समस्याहरु उत्पन्न हुन सक्छ ।

त्यसैले फेसवाश, स्क्रव, साबुनको सट्टा हामीले अनुहारको सफाइ गर्न यस्ता सँधै सकेसम्म घरेलु उपाय नै अपनाउनु पर्छ । जानौँ ती सामान र त्यसको प्रयोबारे :

दुध

छालालाई सफा गर्न काँचो दुधको प्रयोग गर्न सकिन्छ । जसले हाम्रो छालालाई सफा र चमकदार बनाउन मद्दत गर्छ ।

चीनी

चीनीको प्रयोगले पनि छालालाई सफा गर्न सकिन्छ । चीनीको पेस्ट बनाएर घ्यूकुमारीसँग मिलाएर नियमित प्रयोग गरिरहने हो भने छालाको प्राकृतिकपनलाई जोगाई राख्न मद्दत गर्छ ।

मेवा

मेवामा रहेको क्यारोटेनोइड्स र भिटामिनको प्रभावले हाम्रो छालाई क्लिङजिङ गर्न मद्दत गर्छ । पाकेको मेवासंग बेसार मिश्रण गरेर अनुहारमा लगाउँदा यसले छालामा निखारपन ल्याउँनुका साथै छाला कोमल बनाउँछ ।

बेसार

बेसारको प्रयोग सबै प्रकारका छालाका लागि उपयोगी हुन्छ । दुधको तरसंग बेसारको मिश्रण गरि अनुहारमा लगाएर केही बेर सुकेपछि मनतातो पानीले धुने हो भने अनुहारमा प्राकृतिकपन ल्याउनुका साथै अनुहार चम्किलो बनाउन मद्दत गर्छ ।

नरिवल तेल

नरिवलको तेलले अनुहारमा मसाज गर्दा छालामा भएको फोहोरलाई बाहिर निकाल्न सहयोगी बन्नुका साथै छालाको प्राकृतिक तेलियपनलाई जोगाउँछ । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-03-20 06:17:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts