स्वास्थ्यका कर्मचारीको समायोजन गाँठो अझै फुकेन

मन्त्रालयमा कर्मचारी भिड (फोटो फिचरसहित)



Download our app to get more features

काठमाडौं, २९ असोज । कर्मचारी समायोजनको गाँठो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझैसम्म पनि फुकाउन सकेको छ । फलस्वरुप कर्मचारीहरु गुनासोको पोको बोकेरे स्वास्थ्य तथा जनसंख्या मन्त्रालमा दैनिक भिड लाग्न थालेको छ । 

मन्त्रालयको मुख्य ढोकादेखि मन्त्रीको कार्यकक्षसम्मै कर्मचारीको भिडले बाटो छेक्ने गरेको छ । भीडले कामका लागि मन्त्रालय पुग्ने सेवाग्राही समेत समस्यामा पर्ने गरेका छन् । 

समायोजनमा गुनासो गर्दै स्वास्थ्य मन्त्रालय धाइरहेका स्वास्थ्यकर्मी देख्दा देशको स्वास्थ्य सेवामा ठूलै प्रभाव परेको अनुमान लगाउँछन् सेवाग्राही । ललिलपुरको गोदावरी नगरपालिकामा २३ वर्षदेखि कार्यरत एक स्वास्थ्यकर्मीले भनिन्, ‘अफिसको काम छोडेर यता आए । हिजो पनि अफिस पुगेर यतै बिताए । न यताकाम हुन्छ न उता । उनले समायोजनले स्वास्थ्यका कर्मचारीलाई धेरै दुःख दिएको आक्रोश पोखिन । 

सरकारले कर्मचारी समायोजन गर्दा प्रथामिकतामा राख्ने भने पनि तोकेको वर्गलाई प्रथामिकतामा नराखेको उनको गुनासो छ । उनी पहिले फाजिलमा परिनन् । गुनासो दर्ता गराएर समायोजन रोज्दा भनेको ठाँउमा परिनन् । उनी गुनोसो पछिको समायोजन गरेको कर्मचारीको विवरण हेर्न माग गर्दै मन्त्रालयमा धाइरहेकी छिन् । 

उनीमात्रै होइन पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको समस्या पनि यस्तै छ । उनी पनि रोजेको ठाउँमा परिनन । पहिले भन्दा झन विकटमा परेको उनले सुनाइन । उनको पनि गुनासो पछिको समायोजन विवरण हेर्ने माग छ । यसकैको लागि काठमाडौं आएको उनले बताइन । 

‘समायोजनले बेकामे बनायो’
समायोजन पछि पत्रलिएर हाजिर हुन कार्यलय पुगेकी बुटवलकी एक स्वास्थ्यकर्मी पनिे स्वास्थ्य मन्त्रालय आइपुगेकी छिन् । उनी भन्छिन्, ‘समायोजनले बेकामे बनायो । कार्यरत ठाँउबाट १६ असोजमा रमना लिएर समायोजन भएको ठाँउमा गइयो तर हाजिर गराएनन । कर्मचारीको दरबन्दि हुँदाहुदै पनि हाजिर नगराएको उनको भनाइ छ । 

यस्ता गुनासाको पोको बोकेर मन्त्रालयमा आउने कर्मचारीको संख्याले मन्त्रालयमा भिड लागेको छ । त्यसमाथि पनि समायोजन पत्रको फोटो खिच्नेहरु पनि कम छैनन् । यसरी स्वास्थ्य सेवाका कर्मचारी काम छोडेर मन्त्रालयमा थाइरहने हो भने देश स्वास्थ्य सेवा प्रवाहले के मोड लेला ? यी सबै समस्यामा स्वास्थ्य मन्त्रालयले आश्वासन दिदै आएको छ । तर काम भने कछुवाको गतिमा पनि भइरहेको कर्मचारीको भनाइ छ । 

Last modified on 2019-10-16 19:30:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts