भूकम्प प्रतिरोधी स्वास्थ्य चौकी भवन



Download our app to get more features

गोरखा,४ असोज। गोरखाको सिरानचोक गाउँपालिका ३ हर्मीमा ४५ लाख रुपैंया लगानी गरी भूकम्प प्रतिरोधी स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ ।

भूकम्पपछि टहरोमा रही बिरामीको स्वास्थ्य सेवामा जुटेका स्वास्थ्यकर्मीहरु नयाँ भबन बनेपछि खुसी छन् भने सो भबनबाट सुरक्षित प्रसुति सेवा पनि सुरु भएको छ । प्रसुति गराउनुपर्ने गर्भवती महिला अब आँपपीपल अस्पताल धाइराख्नु पर्दैन । केएर नेपालको अर्थ सहयोगमा स्वाँरा सघन गाउँ बिकास केन्द्रले जिल्ला जनस्वास्थ्य कार्यालय गोरखासंगको सहकार्यमा स्वास्थ्य चौकी भबन पुनर्निर्माण गरेको हो । वडाध्यक्ष बीरबहादुर थापाले स्वास्थ्यचौकी भबन बनेकोमा स्थानीय बासिन्दा खुसी भएको भन्दै केही स्वास्थ्यकर्मीको दरबन्दी आवश्यक परेको बताउनुभयो । सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले गाउँपालिका भित्रका आठ वटै वडामा स्वास्थ्य संस्थाका भबन निर्माण भएको र सेवा सुरु गरिएको बताए । 

केएर नेपालका प्रजनन् स्वास्थ्य अधिकृत दीपेन्द्र पन्तले भबन निर्माणमा ४५ लाख लगानी भएको र बर्थिङ सेन्टर संचालनमा थप सात लाख रुपैंया र कम्प्युटर, प्रिण्टरलगायत खरिद गर्दा थप ५३ हजार चार सय अर्थ सहयोग गरिएको बताए । केएर नेपालले हर्मीका साथै गाँखु र उहियामा स्वास्थ्यचौकी भबन पुनर्निर्माण गरिदिएको छ । भूकम्पले क्षति पुगेका गोरखाका ५५ स्वास्थ्य चौकीमध्ये अहिलेसम्म ४० भन्दा बढी पुनर्निर्माण भइसकेका छन् । 
 

Last modified on 2017-09-20 09:39:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts