कान्तिपुर डेण्टलको निःशुल्क स्वास्थ्य शिविरमा सयौंको सहभागिता



Download our app to get more features

काठमाडौं, २५ पुस । कान्तिपुर डेण्टल कलेज एण्ड हस्पिटलले मंगलबार आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविर एवं जनचेतनामुलक कार्यक्रममा सयांैले सहभागिता जनाएका छन् । अस्पतालले सानो संसार स्कुल सतुंगलमा शिविर संचालन गरेको हो ।  

 

अस्पतालका डाक्टर बुद्धिमान श्रेष्ठका अनुसार शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकसहित स्थानीयबासीको पनि सहभागिता थियो । शिविरमा सहभागी मध्ये धेरैमा गिजा र दाँत सम्बन्धी समस्या देखिएको डा. श्रेष्ठले बताए । मुख स्वास्थ्य सम्बन्धी सचेतना जगाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको श्रेष्ठको भनाइ छ ।

 

Last modified on 2019-01-09 16:19:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts