चितवन मेडिकल कलेजमा भएको घटनाप्रति एनएमएद्वारा भर्त्सन

दोषीलाई कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी



Download our app to get more features

काठमाडौं, ४ कात्तिक । नेपाल चिकित्सक संघ (एनएमए) ले चितवन मडिकल कलेजमा भएको घटनाप्रति भर्त्सन गरेको छ । 

स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा उपचारको क्रमको भएको मृत्युको घटनालाई अतिरञ्जित गर्दै अपराधिक मानसिकता बोकेका व्यक्तिहरुले हातपात गर्ने, अस्पताल तोडफोड गर्ने तथा अत्यन्तै अमानवीय अपराधिक गतिविधिहरु गरी शान्तिपूर्ण वातावरणमा उपचार गर्ने गराउने वातावरणलाई नै खलल पु¥याइएको प्रति संघले भर्त्सन गरेको छ ।  

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधिक समूहहरुले लखेटी लखेटी शारीरिक हातपात गर्ने, तोडफोड गर्ने जस्तो जघन्य अपराध हुनुले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुबाट स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण नभएको र यसबाट उत्पन्न हुने परिस्थितिप्रति चिकित्सक तथा स्वास्थ्यकर्मीहरु जिम्मेवार हुन नसक्ने विज्ञप्ती मार्फत जनाएको छ । 

चितवनका चिकित्सकहरुलाई यस्तो अपराधिक क्रियाकलापको सशक्त विरोध गर्न र नेपाल चिकित्सक संघ चितवन शाखाले गर्ने कुनै पनि विरोधका कार्यक्रमलाई सशक्त बनाउन समेत संघ विज्ञप्ती मार्फत अपिल गरेको छ । 

यस्तो जघन्य अपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्तिहरुलाई अभिलम्ब पक्राउ गरी कानूनी कारवाही गर्न संघले माग गरेको छ । दोषिलाई कारबाही नभए संघले स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका निम्ती देशभर आन्दोलन घोषणा गर्न बाध्य हुने चेतावनि समेत दिएको छ । 

Last modified on 2019-10-22 06:01:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts