गुनासो दर्ता गराएका स्वास्थ्यका कर्मचारीको समायोजन टुंगियो, तत्काल सूचि सार्वजनिक नहुने  



Download our app to get more features

काठमाडौं, १ असार । स्वास्थ्यका कर्मचारीको समायोजनको टुंगिएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनको लिष्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज पठाएको मन्त्रालयका प्रवत्ता महेन्द्र श्रेष्ठले बताए ।

कर्मचारी समायोज गर्दा स्वास्थ्यको समायोजनमा त्रुटि भएकोले सरकारले कर्मचारीलाई गुनासो दर्ता गर्न पाँच दिनको समय दिएको थियो । यस अबधिमा परेका गुनासाको सामान्यले समाधान गरी आज मन्त्रालयलाई पठाएको हो । 

गुनासो सुनुवाई पछि भएको समायोजनको सुचि भने स्वास्थ्य मन्त्रालयले अहिले नै सार्वजनिक  नगर्ने भएको  छ । १४ हजार बढीको गुनासो प्राप्त भएको तर ७ हजार ७ सय ४० जनाको गुनासो सम्वोधन भएको मन्त्रालयले जनाएको छ  ।प्रवत्ता श्रेष्ठका अनुसार अब छिटै कर्मचारीलाई समायोजन पत्र पठाइने छ ।

Last modified on 2019-06-17 12:55:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts