स्वास्थ्यका कर्मचारीले समायोजन पत्र पाउने समय अनिश्चित, समायोजनमा पहिलेभन्दा बढि ‘लफडा’



Download our app to get more features

काठमाडौं, ६ असार । स्वास्थ्यका कर्मचारीले समायोजनको पत्र कहिले पाउने भन्ने कुनै निश्चित नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्री सुरेन्द्र यादवले बताएका छन् । औषधि व्यवस्था विभागले आयोजना गरेको कार्यक्रममा शुक्रवार बोल्दै यादवले पछिल्लो पटक सामान्य प्रशासन मन्त्रालयबाट आएको कर्मचारीको समायोजन सूचिमा धेरै समस्या रहेकाले त्यसको समाधान गर्दै पत्र पठाइने हुँदा समय लाग्ने बताए । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो पटक गरेको स्वास्थ्यका कर्मचारीको समायोजनमा त्रुटि देखिएपछि पुनः कर्मचारीलाई गुनासो दर्ता गराउन भनिएको थियो । २७ हजार कर्मचारीको समायोजनमा १३ हजार भन्दा बढिको गुनासो परेपछि त्यसको समाधानको लागि कमिटि गठन गरिएको थियो । सामान्यले सबै कर्मचारीको गुनासो एक एक गरी अध्ययन गरेको जनाएपनि समायोजनमा समस्या देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दावी गरेको छ । 

सामान्यले झन समस्या थप्यो 
राज्यमन्त्री यादवले स्वास्थ्यका कर्मचारीको समायोजनमा झन् समस्या थपिएको बताए । उनले समायोजनमा गल्ती भएको स्वीकार गर्दै सामान्यले समस्यामा पारेको आरोप समेत लगाए । उनले भने ‘स्वास्थ्यका कर्मचारीको समायोजन स्वास्थ्य मन्त्रालयले नै गर्नुपथ्यो । तर, सामान्यले गर्याे ।’ उनका अनुसार सामान्यसँग स्वास्थ्यका कर्मचारीको समोजन गर्ने आवश्यक जनशक्ति नै छैन । जसकारण स्वास्थ्यका कर्मचारीको समायोजनमा पटक पटक त्रुटि देखिएको हो ।
 

कसरी गर्ने समाधान 
समायोजन पत्र दिइसकेपछि कर्मचारीले कुनै गुनासो गरे सामान्य प्रशासन मन्त्रालय सँग समन्वय गरी समाधान गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव राम प्रसाद थपलियाले बताए । 
 

समायोजन सूचि प्रकाशन कहिले ?
गुनासो सुनाई पछिको समायोजन सूचि सामान्यबाट स्वास्थ्य मन्त्रालयमा आइसकेपनि अहिलेसम्म सूचि भने सार्वजनिक भएको छ्रन् । सचिव थपलियाले सबै कर्मचारीको सूचि प्रकाशन एकैपटक गर्दा समस्या हुने भएकाले विस्तारै गर्दै जाने बताए । साथै उनले ११ औं तहको समायोजनको निर्णय भइसकेको तर सूचि प्रकाशन हुन बाँकी रहेको पनि बताए । 

फाजिल कहाँबाट आयो ?
स्वास्थ्यका कर्मचारी कम भएको ठाउमा फाजिल कसरि आयो भन्ने प्रश्न पनि राज्यमन्त्री यादवले गरे । उनले फाजिलमा कर्मचारी रहेकोमा आपत्ति समेत जनाएका छन् । 
 

Last modified on 2019-06-22 15:29:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts