गर्मीमा बढ्छ माइग्रेनको दुखाईः कम गर्न के गर्ने ?



Download our app to get more features

काठमाडौं, ११ असार  । माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेनका कारण टाउको दुख्यो भने त्यसलाई घटाउनै गाह्रो पर्छ । यसको कारण रोकिइरोकिई टाउको दुख्छ र दुई घन्टादेखि कैयौँ दिनसम्म दुखिरहन पनि सक्छ ।

यो न्युरोलोजिकल समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादन पनि माइग्रेनको कारण हुन सक्छ । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ ।

यस्तो दुखाई गर्मीमा झन् बढ्ने डाक्टरहरु बताउँछन् ।

गर्मीमा तापक्रम बढ्ने र घामको तेज किरणको कारण माइग्रेनको दुखाई बढ्छ । यसका साथै, गलत खानपान, वायु प्रदुषण, डिहाइड्रेशन, सोडा, चिसो पेयपदार्थ, क्याफिनयुक्त पदार्थको सेवनले माइग्रेनलाई बढाउँछ ।

साथै, गर्मीमा शरीरमा अक्सिजनको मात्रा कम हुने भएकाले पनि माइग्रेनको दुखाई बढी हुन्छ ।

माइग्रेनको समस्या पुरुषमा भन्दा बढी महिलामा हुने एक अध्ययनले देखाएको छ । तनावपूर्ण जीवन र हर्मोनको असन्तुलनले गर्दा महिलामा माइग्रेन बढी हुन्छ ।

के गर्ने ? 

शुद्ध घ्यू 
माइग्रेनको लागि विभिन्न घरेलु उपायमध्ये घरमा बनाएको शुद्ध घ्यू हो । यसको दुई थोपा नाकमा हाल्ने र पल्टिने जसले नाकलाई सफा गर्छ । र माइग्रेनबाट छुटकारा मिल्छ ।

बरफले मालिस गर्ने 
माइग्रेनबाट तुरुन्तै छुटकारा पाउनको लागि बरफले मालिस गर्नुपर्छ । साथै, मनतातो पानीमा तौलिया भिजाएर गर्दनमा राख्दा पीडा कम हुन्छ ।

ओलिभ तेल
एउटा भाँडोमा पानी उमाल्ने र त्यसमा ओलिभको तेल हाल्ने र टाउकोमा लगाउने । त्यसलाई तौलियाले बेर्ने र बाफ लिने । १५÷२० मिनेट बाफ लिएपछि माइग्रेनको दुखाई कम हुन्छ ।

बन्दागोभी
बन्दागोभीको पात पिसेर काँध र गर्दनमा लगाउँदा माइग्रेनको समस्या कम हुन्छ ।

काक्रो र गाँजर
असहनीय पीडा भएका काक्रो र गाँजरको रस निकालेर पिउँनुपर्छ । यसले तुरुन्त आराम प्रदान गर्छ ।

के नखाने ? 
आइसक्रिम र चिसो खानेकुरा 
गर्मीमा आइसक्रिम र चिसो खानेकुरा धेरै खाने गरिन्छ । अत्याधिक चिसो खानेकुराले माइग्रेनको दुखाई बढाउँछ । व्यायाम गर्ने्वित्तिकै यस्ता खाद्यपदार्थको प्रयोग गर्नुहुँदैन ।

चकलेट
चकलेटमा क्याफिनको मात्रा बढी हुन्छ । यसमा बिटा– फेनिलेथाइलामिन नामक तत्व हुन्छ । जसले रक्त तन्तुहरु तन्काउने काम गर्छ जुन माइग्रेनका विरामीहरुका लागि एकदमै हानिकारक हुन्छ ।

पनीर
गर्मीमा पनीर खानु माइग्रेनबाट पीडितहरुका लागि बेफाइदाजनक मानिन्छ । सुख्खा मेवा, केरा र सुन्तला पनि माइग्रेन रोगीहरुका लागि हानिकारक हुन्छ ।

नुन
धेरै नुन, अचार र खुर्सानी खादाँ माइग्रेनको दुखाई बढ्छ र असह्य पीडा हुन्छ । भने फास्ट फुडहरुले पनि दुखाई बढाउँछ ।

चिया वा कफि
नियमित चिया वा कफि सेवन गर्ने मानिसमा क्याफिनको मात्रा बढ्दै जान्छ र यसले दिमागको नसाहरुमा रुकावट गर्छ जसले गर्दा रक्तसञ्जार ढिलो हुन जान्छ जुन माइग्रेनको कारण बन्न सक्छ  । 

एजेन्सी
 

Last modified on 2019-06-29 13:36:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts