डडेलधुरा अस्पतालका डाक्टरमाथि फेरि हातपात, सुरक्षाको कारण देखाउँदै सेवा ठप्प



Download our app to get more features

डडेल्धुरा, २६ असार । डडेल्धुरा अस्पतालमा कार्यरत एक डाक्टरमाथि फेरि हातपात भएको छ । बुधबार मध्यान्ह १२ बजे शवको पोस्टमार्टम गरिरहेका डा.दिनेश उपाध्यायमाथि हातपात भएको हो । 

अमरगढी नगरपालिका ११ का वडाअध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भिडले डा. उपाध्यायमाथि हातपात गर्नुका साथै अस्पतालका अन्य डाक्टरहरुलाई पनि दुव्र्यवहार गरेको थियो ।

आक्रमण पछि चिकित्सकहरुले सुरक्षाको कारण देखाउँदै आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । उनीहरुले दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा नफर्कने समेत जनाएका छन् ।

अस्पतालमा कार्यरत डाक्टरहरुले आफूहरु अस्पतालमा काम गर्न असुरक्षित रहेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई दोषीमाथि कारबाही गर्न भन्दै ज्ञापन पत्र बुझाएका छन् ।

प्रहरीले बुधबार बिहान साढे ११ बजे अमरगढी नगरपालिका ११ सल्लाघारीका मृतक रमेश खड्काको शव पोस्टमार्टमका लागि अस्पताल पु¥याएको थियो । चिकित्सकहरुले पोष्टमार्टम सुरु गरेको केहि समयमै उनीमाथि आक्रमण भएको थियो ।
डडेलधुरा अस्पतलामा यसअघि पनि डाक्टरमाथि आक्रमण भएको थियो । 
 

Last modified on 2019-07-15 08:45:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts