अवैध अस्पताल छ्यापछ्याप्ती 



Download our app to get more features

काठमाडौं, २६ असार । धनुषामा अवैध अस्पताल र स्वास्थ्य संस्थाको बिगबिगी छ । त्यस्ता निजी अस्पताल तथा स्वास्थ्यसंस्थाले उपचारको नाममा बिरामीबाट चर्काे मूल्य असुल्ने र बिरामीको ज्यान पनि जोखिममा पर्ने गरेको छ । 

अस्पताल र स्वास्थ्य संस्थाको अनुगमन फितलो भएकाले यस्ता समस्या देखिएको हो । जनकपुर अञ्चल अस्पताल नजिक सञ्चालित आस्था अस्पतालमा स्थानिय प्रशासनले शिलबन्दी गर्यो । मापदण्ड पुरा नगरी अवैध रुपमा सञ्चालित यस अस्पतालले एक सुत्केरीलाई पाँच लाख रुपैयाँभन्दा बढीको विल थमाएपछि चौतर्फी आलोचना भएको थियो । 

जिल्ला प्रशासन कार्यलय धनुषाले आस्था अस्पतालका सञ्चालकलाई अस्पतालका सम्पूर्ण कागजात जिल्ला प्रशासन कार्यलयमा बुझाउन आदेश दिएको छ । जेठमा कमिसनका लागि बिरामीलाई जनकपुर अञ्चल अस्पतालमा पुर्याउने दुई जनालाई पक्राउ गरी कारवाही गरेको छ । अनुगमन गर्न मुख्य जिम्मेवारी पाएका स्वास्थ्य कार्यलय र स्थानिय सरकारले आफ्नो जिम्मेवारी पुरा नगरेकाले बिरामी खुलेयाम ठगिदै आएका छन् । 

जिल्लामा तीन दर्जनभन्दा बढि निजी अस्पताल सञ्चालनमा रहे पनि १९ वटाले मात्र अनुमति लिएको छ । धनुषामा ५६ वटा निजी क्लिनिक, ४७ प्याथोलोजि, २७ डेन्टल क्लिनिक, २० पोलिक्लिनिक र ११ वटा अल्टासाण्उड गर्ने संस्था दर्ता भएपनि अधिकाशले नविकरण गराएका छैनन् । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा १९ वटा निजी अस्पतालले सञ्चालन अनुमति लिएका छन् । त्यसमध्ये तीनवटाले मात्र नविकरण गराएको जिल्ला स्वास्थ्य कार्यलय धनुषाले जनाएको छ । 
(आजको अन्नपूर्ण पोष्टबाट )

Last modified on 2019-07-11 12:10:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts