एमबीबीएसको प्रवेश परीक्षा लिने बाटो खुल्यो, सर्वोच्चद्वारा पूर्व अन्तरिम आदेश खारेज (आदेशसहित)



Download our app to get more features

काठमाडौं, २९ भदौ । अदालतको आदेशले रोकिएको एमबीबीएस, बिडिएस, नर्सिङ लगायत स्नातक तहको प्रवेश परीक्षा गर्ने बाटो खुलेको छ । 

यसअघि हुन लागेको प्रवेश परीक्षा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि रोकिएको थियो । उक्त आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने बारेमा भएको बहसपछि आइतवार न्यायाधिशद्वय इश्वरप्रसाद खतिवडा र डा. मनोज कुमार शर्माको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने फैसला गरेको हो । 

यसअघि विद्यार्थी आयुष ओझाले हालेको रीट उपर अन्तरिम आदेश दिँदै अदालतले प्रवेश परीक्षा गर्न रोक लगाएको थियो । भदौ २१ गते देखिका लागि तय भएको आइओएमको प्रवेश परीक्षा २० गतेको आदेशपछि रोकिएको थियो ।  सर्वोच्चका न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले रोक्दै सम्बन्धितहरुलाई छलफलमा बोलाएको थियो ।

यस्तो छ आदेश

Last modified on 2019-09-16 10:18:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts