सुदूरपश्चिममा फैलिदै स्क्रब टाइफस, सबैभन्दा बढी बिरामी डडेल्धुरामा 



Download our app to get more features

डडेल्धुरा, ३० असोज । सुदूरपश्चिममा स्क्रब टाइफसका बिरामी बढदै गएका छन् । ९ जिल्ला रहेको सुदूरपश्चिमका सबै जिल्लामा  स्क्रब टाइफसका बिरामी भेटीएका छन् । ती मध्य डडेल्धुरामा टाइफसका बढी बिरामी भेटिएको स्वास्थ्य निर्देशनलायले जानकारी दिएकोे छ ।

स्वास्थ्य निर्देशनालयको तथ्याकंअनुसार डडेल्धुरामा ९१ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । यो आकडा सुदूरपश्चिममै बढी भएको निर्देशनालयको भनाई छ । त्यस्तै  कैलालीमा ६४ जनामा टाइफसको संक्रमण देखिएको छ भने बैतडीमा ३९ जनामा उक्त रोगको संक्रमण देखिएको छ । त्यस्तै कञ्चनपुरमा १८, बझाङमा ९, डोटीमा ८, दार्चुलामा ५, अछाममा २ र  बाजुरामा १ जना टाइफसका बिरामी भेटिएका छन् । 

पछिल्लो समय प्राणधातको रुपमा फैलिएको स्क्रब टाइफस रोग मुसाबाट माइस जिवाणुले मनिसमा सार्न गरेको  छ । स्कोब टाइफस रोग लागेमा ज्वोरो आउने, मांशपेशि, दुख्ने अत्यधिक टाउको दुखने, छमछमति पशिना आउने  खोकी लाग्ने जस्ता लक्षण देखापर्ने डडेल्धुरा अस्पताल डडेल्धुराका डा.नरेश श्रेष्ठ बताउँछन् ।

स्क्रब टाइफसको प्रमुख लक्षण छलामा घाउ देखिने भएपनि बढि जसो डडेल्धुरा अस्पतालमा  लामो समयदेखि टाउको दुख्ने आँखाको नानी दुख्ने सुख्खा खोकी लाग्ने ज्वरो आउने लक्षणका बिरामी आउने उनले बताए ।

व्यक्तिगत स्वास्थयमा  ध्यान नदिदाँ यो रोगको संक्रमण बढने भएकाले पुरै शरिर ढाकने गरि लुगा लगाउने, खुल्ला ठांउमा सौच नगर्न र स्क्रोप टाइफसका उल्लेखित लक्षण्हरु मध्ये कुनै पनि देखापरेमा तुरुन्त नजिको स्वास्थ्य संस्थामा गई डाक्टरहरुसंग परामर्स लिन उनले  सुझाव दिए । अझैपनि समान्य ज्वरो भनेर वेवास्ता गरिने हुँदा दुर्गमक्षेत्र तिर रोगको संक्रमण अझ बढी भएको हुनसक्ने डा. नरेश श्रेष्ठले बताए ।

गतवर्ष यो रोगबाट जिल्लाको अजयमेरु गाउँपालिकाका एक जनाको ज्यान गएको थियो । गत वर्ष असोजको तेस्रो साता पहिलो पटक देखा परेको यो रोगको संक्रमण दुई साता नबित्दै ३३ जनामा देखा परेको थियो । 

Last modified on 2019-10-18 07:22:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts