के हो अम्लीय र क्षारीय भोजन ? कसरी राख्ने सन्तुलन ?


Download our app to get more features
Spark_health_home Birat Hospital

साधारणतः हामी अमिलो स्वाद भएको पदार्थलाई अम्ल र टर्राे वा तीतो स्वाद भएका पदार्थलाई क्षार भन्छौँ । लिटमस पेपरसँग प्रतिक्रिया गराउँदा अम्लले नीलो लिटमस पेपरलाई रातो र क्षारले रातो लिटमस पेपरलाई नीलो बनाइदिन्छ । पानीमा घुल्दा अम्लले हाइड्रोजन आयन मुक्त गरी पानीको उज घटाउँछ भने क्षारले हाइड्रोक्साइड आयन मुक्त गरी पानीको उज बढाउँछ । पानीको उजलाई तटस्थ मानेर पानीमा भन्दा ज्यादा मुक्त हाइड्रोजन परमाणु भएको घोललाई अम्ल र मुक्त हाइड्रोक्साइड परमाणु धेरै भएको घोललाई क्षार भनिन्छ । पदार्थलाई यसरी अम्लीय र क्षारीय वर्गमा वर्गीकरण गरिरहँदा हामीले खाने खानेकुरा पनि अम्लीय र क्षारीय वर्गमा वर्गीकृत हुन्छन् । तर, खानेकुराको अम्लीय र क्षारीय गुण भोजनको अम्लीय र क्षारीयपन नभएर भोजनको उपपाचन ९ःभतबदयष्किm० पश्चात् शरीरमा उत्पन्न हुने मेटाबोलिक इन्ड प्रोडक्टको अम्लीय र क्षारीय गुण–धर्म हो । 

हामीले खाएको खानेकुरा पाचनपश्चात् रगत हुँदै कोषकोषमा पुग्दछ । कोषमा खानाको उपपाचन र ःभतबदयष्किm खानाबाट ऊर्जा उत्पन्न हुने वा महत्वपूर्ण जैव रसायन बन्ने क्रिया हुन्छ । यसरी खानाको उपपाचन हुँदै गर्दा उपपाचनसँगै हामीलाई काम नलाग्ने पदार्थ उत्पादन पनि भइरहेको हुन्छ । यी काम नलाग्ने तत्वहरूको प्रकृति अम्लीय, क्षारीय वा तटस्थ हुन सक्छ । भोजनको उपपाचनपश्चात् उत्पादित यी अवसादले शरीरको उजमा प्रत्यक्ष असर पु¥याउँछ । उपपाचनपश्चात् अम्लीय अवसाद उत्पादन गर्ने भोजनलाई अम्लीय भोजन, क्षारीय अवसाद उत्पादन गर्ने भोजनलाई क्षारीय भोजन र तटस्थ अवसाद उत्पादन गर्ने भोजनलाई तटस्थ भोजन भन्ने गरिन्छ । 

vayoda

bp_ad

यसरी भोजनको उपपाचनमा उत्पन्न भएका उपपाचयी अवसादले कोषभित्रै रहिरहेको कोषको उजलाई दखल दिएर कोषको कार्यक्षमता गडबड गरिदिन्छ । खासगरी कोसमा जम्मा भएका अम्लीय अवसाद कोषको स्वास्थ्यका लागि अत्यन्त हानिकारक सिद्ध हुन सक्छ । यसैल कोषभित्र अम्लीय अवसाद जम्मा हुनेबित्तिकै यो अवसादलाई रगत हँुदै किड्नी, फोक्सो, छाला आदि भएर पिसाब, प्रश्वास र पसिनाको माध्यमबाट बाहिर फ्याँक्नुपर्ने हुन्छ । यो काम गर्नका लागि सर्वप्रथम यी अम्लीय अवसाद रगतमा पुग्दछन् र रगतको उज घटाउन थाल्छ । तर, शरीरको समस्थिति तन्त्र सक्रिय भएर विभिन्न निष्कासन निकायमार्फत यी तत्वहरूको बहिर्गमन हुन थाल्छ, तर अम्लीय अवसादको मात्रा धेरै छ भने शरीरका अन्य भागमा संरक्षित क्षारीय खनिजसँग क्रिया गरेर शरीरले यी तत्वहरूको बफर गर्दछ । 

यसरी उपपाचनपश्चात् अम्लीय र क्षारीय अवसाद उत्पन्न गर्ने भोजनलाई क्रमशः अम्लकारक र क्षारकारक भोजन भनिन्छ । स्वास्थ्यका दृष्टिकोणले अम्लकारक भोजनको मात्रा ज्यादा हुन वा क्षारकारक भोजनको मात्रा कम हुनु राम्रो होइन । साधारणतः सु–स्वास्थ्य बनाइराख्नका लागि ८० प्रतिशत क्षारीय २० प्रतिशत अम्लीय भोजन हुनु राम्रो हो । 

हाम्रो शरीरमा अनिवार्य रूपमा चाहिने क्याल्सियम, फोस्फोरस, पोटासियम, सल्फर, सोडियम, क्लोरिन, कपर म्याग्निसियम, आयोडिन म्यागाजिन, आइरन, जिक फ्लोरिन क्रोमियम र कोबालट गरेर १५ प्रकारका क्षार तत्वहरू छन् । रगतमा अम्लता बढ्न लागे तुरुन्त यी क्षारहरूले समस्थितिमा ल्याइहाल्ने गर्दछ । 

के–के अम्लकारक ?
माछा, मासु, अन्डाजस्ता मांसजन्य खाद्यान्न । 
तारेको, भुटेको, मसलादार एवं गरिष्ठ भोजन । 
परिष्कृत खाद्यान्न ।
रेसाचोकर एवं अत्यावश्यक तत्वहरू फ्याँकिएका खाद्यान्न । 
मैदा र बेसनबाट बनेका खानेकुरा । 
सेतो चामल र चामलबाट बनेका खाद्यपदार्थ । 
चिनी, मिस्री, चकलेट, चास्नीमा बनाएका र मिठाई ।
बोतल र बट्टाबन्ध खानेकुरा ।
नमकिन, बिस्कुट, पाउरोटी, चाउचाउ, समोसा, कचौरी, पकौडी । 
चिया, कफी, हर्लिक्स, बर्नभिटा, हट चक्लेट आदि ।
बोक्रा फ्याँकेको दाल । 
जाँड, रक्सी, बियर, ह्विस्की, ब्रान्डी, ताडीलगायत मादक पदार्थ । 
चुरोट, बिँडी, सुर्ती, खैनी, गुल, बज्जर र हुक्काजस्ता सुर्तीजन्य पदार्थ । 
अति तातो, अति पिरो, अति चर्काे खानेकुरा । 
धेरै बेर पकाएर प्राकृतिक गुण–धर्म नष्ट भइसकेका खाद्यान्न । 

क्षारकारक भोजन 
बोक्रासहितका ताजा फलफूल । 
हरिया सागपात ।
चोकर रेसा र बोक्रायुक्त अन्य भोजन । 
फलफूलको रस, जमराको रस एवं अन्य वनस्पतिको रस । 
अंकुरित अनाज । 
नरिवल पानी । 
पानीमा भिजाइएको ड्राइफ्रुट । 
मौसमी फलफूल एवं तरकारी । 
प्राकृतिक गुण–धर्म यथावत् राखेर पकाइएको खाना । 

शरीरमा अधिकांश रोगहरूको उत्पत्ति हामीले खाने खानेकुरामा अम्ल र क्षारकारक खाद्यान्नको सही सन्तुलन हुन नसक्दा हुन्छ । यदि यसो भएर रोग उत्पन्न भएको भए खानामा अम्ल र क्षारको सन्तुलन गरेदेखि रोग पुनः ठीक पनि भइहाल्छ । हाम्रो शरीर ८० प्रतिशत क्षारीय र २० प्रतिशत अम्लीय घोलबाट बनेको छ । यो प्राकृतिक व्यवस्थालाई बनाइराख्न हामीले यही अनुपातमा अम्लीय र क्षारीय भोजन गर्नुपर्छ ।

क्षारीय भोजनका फाइदा
शरीरमा उपपाचनपश्चात् बनेका अम्लीय अवसाद हटाउन मद्दत गर्छ ।
शरीरलाई निर्मलीकृत गरेर विषरहित बनाउँछ । 
क्षारीय भोजन सुपाच्य हुन्छ । पचाउन सरल भएकाले पाचनका लागि अतिरिक्त ऊर्जा खर्च हुँदैन । 
खाने मान्छेलाई ऊर्जावान् बनाउँछ । 
तौल घटाउन सहयोग पु¥याउँछ । 
शारीरिक पीडा र कष्ट घटाउन मद्दत गर्छ । 
प्रेसर, ब्लड ग्लुकोज र ब्लड कोलेस्ट्रोल सन्तुलन कायम गराउँछ । 
दाँत र गिजालाई मजबुत बनाइराख्छ । 
प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । 
चाँडै बुढो हुन दिँदैन । 

अम्लीय भोजनका बेफाइदा 
हड्डीको हड्डी घनत्व कम गर्छ । 
अम्लपित्त बढाउँछ । 
पत्थरी बन्ने क्रियालाई बढाउँछ । 
दीर्घकालीन पीडालाई अझै बढाउँछ । 
हर्मोनको स्तर गडबड बनाउँछ । 
समस्थिति तन्त्रलाई गडबड बनाइदिन्छ । 

शरीरमा अम्लको मात्रा बढेर जाँदा शरीरका अंग कमजोर एवं अस्वस्थ हुन थाल्छन् । अम्लका कारण आएको कमजोरीले शरीर, रोगी र असमयमा नै वृद्ध हँुदै जान्छ । यसरी शरीरमा अम्लता बढ्न थालेपछि शरीरले रगत, हड्डी वा अन्य तन्तुमा जम्मा भएर बसेको क्षारलाई अम्ल प्रभावित क्षेत्रमा तान्न थाल्छ । यसो हुँदा प्रतिरक्षा प्रणाली कमजोर हुने, हड्डीहरूको घनत्व घट्ने, छालाको कान्ति घट्ने, कपाल फुल्नेजस्ता समस्या देखा पर्दछ । 

कसरी गर्ने सन्तुलित ?
हामीले हाम्रो शरीरमा अम्ल र क्षार सन्तुलित राख्न खानाको पाँच भागमध्ये चार भाग साग, फलफूल, सलाद एवं अंकुरित अनाजलाई समावेश गर्नुपर्छ भने एक भाग मात्र अन्न, दाल, गेडागुडी आदि संलग्न गर्नुपर्छ । यदि यो अनुपातमा खान सकिँदैन भने पनि तीन भाग क्षारीय भोजन र एक भाग अम्लीय भोजन खानुपर्छ । खानाद्वारा अम्ल र क्षारको सन्तुलन बनाउन निम्न अनुपातमा खाने गरौँ ः 

२५ प्रतिशत मौसमी र क्षेत्रीय फल ः खानाको २५ प्रतिशत हिस्सा मौसमअनुसारको फलफूल र क्षेत्रीय फलफूलले ओगट्नुपर्छ । फलफूल खाएँ भन्दैमा सो फल ऋतुअनुसारको छैन र स्थानीय होइन भने त्यस्तो फल खानुको कुनै अर्थ रहँदैन । 
२५ प्रतिशत मौसमी र क्षेत्रीय तरकारी ः फलफूलजस्तै हामीले खाने खानाको २५ प्रतिशत हिस्सा मौसमी र क्षेत्रीय तरकारीले ओगट्नुपर्छ । 
१० प्रतिशत सलाद ः खानाको १० प्रतिशत हिस्सा काँक्रो गाँजर, बन्दा, मुला, टमाटरजस्ता सलादले ओगट्नुपर्छ ।
१० प्रतिशत अंकुरित ः खानाको १० प्रतिशत हिस्सा अंकुरित अनाज वा अमृत भोजनले ओगट्नुपर्छ ।
२० प्रतिशत अन्न ः खानाको २० प्रतिशत हिस्सा चामल, मकै, गहुँ, फापर, जौ, कोदो, जुनेलो, सामाकागुनी, ज्वार बाजराजस्ता अन्नले ओगट्नुपर्छ । 
५ प्रतिशत दाल ः खानाको ५ प्रतिशत हिस्सामा दाल गेडागुडी लिनुपर्छ । 
५ प्रतिशत दूधदही ः हिस्सा प्राकृतिक रूपमा तयार गरिएका दूधदहीजस्ता दूधजन्य पदार्थले लिनुपर्छ । दूधदहीको सम्भावना नभएको ठाउँमा काजु, पिस्ता, बदाम, मुमफली, ओखर, काँचो नरिवल आदि समावेश गराएको राम्रो हो । 

के गर्न सकिन्छ ?
बिहानै चिया, कफी, हर्लिक्स, बोर्नभिटाजस्ता पेयको साटो मह पानी, कागती पानी, फलफूलको सुप आदि पिउने बानी बसालौँ । 
कोकाकोला, फन्टा, पेप्सिकोलाजस्ता सफ्टड्रिंकको बदलामा मोही, लस्सी, मह, कागती पानी र फलफूलको रस पिउने गरौँ । 
माछामासु, अन्डा, पनिर, चिजजस्ता प्राणीबाट प्राप्त प्रोटिनको साटो वनस्पतिबाट प्राप्त प्रोटिनलाई खानेकुरामा समावेश गरौँ । 
खानामा गुलियोपन ल्याउनुपर्दा चिनी, मिश्री, सख्खरजस्ता पदार्थ नहालेर मह, खुदो, उखुको रस वा चुकुन्दरको रस प्रयोग गर्ने गरौँ । 
परिष्कृत खाद्यान्नको साटो प्राकृतिक खानेकुराहरू नै खाने गरौँ । सकेसम्म अर्गानिक खानेकुरा रोज्ने गरौँ । 

लेखक भरतपुरस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक केन्द्रमा आबद्ध छन् ।
 

Last modified on 2019-10-19 19:35:21

ohm pharmaceuticals samyog_advertisement alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts