ओम समाज अस्पतालको निःशुल्क दन्त शिविरमा ६ सय भन्दा बढी लाभान्वित



Download our app to get more features

काठमाडौं, ३० भदौ । ओम समाज डेन्टल अस्पतालले उपत्यकाको विभिन्न ठाउँमा दन्त शिविरको आयोजना गरेको छ ।

दन्त स्वास्थ सम्बन्धी जनचेतना फैलाउने उदेश्यले गत महिनाभरि आयोजना गरिएको शिविरमा झन्डै ६ सय जनाभन्दा बढी व्यक्तिहरु लाभान्वित भएका छन् ।

राधाकृष्ण सेवा संस्था सरस्वती नगर चाबहिल, सामूहिक सेवा समाज चाबहिल, रिताम्ब्हरा स्कुल नयाँ बस्ती लगायतका स्थानमा गरिएको निः शुल्क दन्त शिविरमा बिरामीलाई अस्पतालले सेवा उपलब्ध गराएको हो ।

अस्पतालले आत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्सको प्रयोग गर्दै आइरहेको छ जसमा डेन्टल चेयर, कम्प्रेसर लगायतका सामाग्रीहरु जडित छन् । सोही एम्बुलेन्सको प्रयोग गरेर अस्पतालले सेवा उपलब्ध गराएको हो ।
 

Last modified on 2019-09-16 13:24:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts