डेंगुबाट जोगिनु छ भने लामखुट्टे धपाउन अपनाउनुस् यी सजिला उपाय...



Download our app to get more features

देशैभर अहिले डेंगु रोगका कारण हजारौ नागरिक प्रभावित भएका छन् । डेंगुको संक्रमण बढ्दै गएपछि सामान्य ज्वरो आए वा लामखुुटुटेले टोक्यो भन्ने भ्रमका कारण पनि अस्पताल धाउने बिरामीको संख्या बढ्दै गएको छ । 

विशेषगरी तराईमा देखिने लामख्ट्टे अहिले हिमाली र पहाडी जिल्लामा पनि देखिन थालेको छ । जसका कारण लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमण पनि बढिरहेको छ । डेंगुको संक्रमण देखिनुभन्दा पहिले नै लामखुट्टको टोकाइबाट बच्नु राम्रो हुन्छ ।

भारतीय आयुर्वेद केन्द्रका विज्ञ डा. आषुतोश गौतमका अनुसार यदि तपाईंलाई लामखुट्टेले टोकेर हैरान पारेको छ भने घरेलु उपचार पद्धतीबाटै यसको निदान गर्न सकिन्छ । घरेलु उपायबाट पनि सहजै यसको उपचार गरेर लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।

यस्ता छन् सजिला घरेलु उपाय...

हाम्रो घरमा सहजै पाइने तुलसी लामखुट्टे भगाउन निकै उपयोगी हुन्छ । शरीरमा तुलसीको पातको रस लगाउँनाले लामखुट्टेलको टोकाईबाट बच्न सकिन्छ । घरमा तुलसीको बोट रोप्नाले पनि पनि लामखुट्टे भगाउन सकिन्छ ।

पुदिनाको पातको रस छर्किनाले पनि लामखुट्टे भाग्छ । यसलाई शरीरमा पनि लगाउन सकिन्छ । 

हाम्रो बगैंचामा प्रायजसो सयपत्री फूल फुलिरहेको हुन्छ । अझ कतिपयले घरको कौशी तथा बैठक कोठामा  पनि सयपत्री फूललाई सजावटका लागि राखेका हुन्छन् ।

सयपत्री फूलको सर शरीरमा लगाउँदा पनि लामखुट्टेबाट बच्न सकिन्छ । 

कागती तथा नीलगिरीको तेल मस्किटो रेपेलेटमा लिक्युइट सकिइ पछि त्यसमा कागतीको रस तथा नीलगिरीका तेल भरेर जलाउन सकिन्छ । यसलाई हात खुट्टामा पनि लगाउँन सकिन्छ । 

सर्स्युँको तेलमा अजवाइन पाउडर मिलाएर पेसरको टुक्रामा लगाई कोठाको माथिल्लो भागमा राख्ने । जसका कारण लामखुट्टे भगाउन सजिलो हुन्छ ।


नीमको तेल शरीरमा लगाउने अथवा नरिवलको तेलमा नीमका तेल मिसाएर बाल्दा पनि लामखुट्टे भाग्छ ।

कोठामा कपूर बाल्ने र १० मिनेट बन्द गरेर राख्ने । जसका कारण लामखुट्टे भाग्छ ।

लसुनको गन्धले पनि लामखुट्टेललाई टाढा राख्न सकिन्छ । लसुनको रस शरीरमा लगाउँन सकेत सकिन्छ ।

मट्टितेल, नीमको तेल, कपूर एउटा लालटिनमा थोरै मट्टितेल, केही थोपा नीमको तेल र २ टुक्रा कपूर मिलाउने । यसरी मिलायको लालटिनलाई बाल्दा पनि लामखुट्टेल भगाउँन सकिन्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-09-18 09:52:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts