जनतामा डेंगु रोगबारे जनचेतनाको अभावले संक्रमण बढ्दो



Download our app to get more features

काठमाडौं, ३० भदौ । देशैभर डेंगु रोगबारे जनचेतना जगाउन महाअभियान सञ्चालन गर्न सरकारलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सुझाव दिएको छ ।

परिषदले डेंगुबारे प्रशस्त अध्ययन अनुसन्धान गरेको भन्दै जनचेतनामूलक कार्यक्रम तत्काल थाल्न सरकारलाई सुझाव दिएको हो ।

परिषदले विश्व तापमानमा भएको वृद्धि र जलवायु परिवर्तनका कारण यो समस्या बढेको बताएको छ । कार्यक्रममा परिषदका अध्यक्ष डा अञ्जनीकुमार झाले डेंगु हुने कारण, लामखुटेको प्रजाति र कति उचाइसम्म यसको खतरा हुन्छ भन्ने जानकारी दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा बढ्दो तापमानसँगै लामखुट्टेहरू उचाइ चढ्न थालेको जानकारी दिइएको थियो । परिषदको अनुसन्धानअनुसार डेंगुको कारक ‘एडिज एजिप्टाई’ ले १८ सय मिटर तथा एडिज अल्बोपिक्टसले २१ सय मिटरको उचाइसम्म प्रजनन गर्ने पाइएको छ ।

माथिल्लो भूभागका जिल्लामा १६ प्रतिशत र तल्लो भू भागको जिल्लामा ५३ प्रतिशत जनतामा मात्रै डेंगुबारे जानकारी भएको पाइएको परिषदको भनाइ छ । १३ प्रतिशतले मात्र मात्र डेंगु रोकथामका उपाय अपनाएको पाइएको छ ।

Last modified on 2019-09-18 09:53:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts