राजधानीमा स्क्रब टाइफसको महामारी, डेंगुले पार्यो ओझेलमा 



Download our app to get more features

काठमाडौं, ३१ भदौ । देशै डेंगुको संत्रासमा रुमल्लिएका बेला राजधानी लगायत देशका विभिन्न स्थानमा स्क्रब टाइफसका बिरामीपनि बढेका छन् । 

केहीदिन अघि सुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफसका बिरामी बढेको पाइएको थियो । तर, पछिल्ला दिनमा राजधानीमा पनि यसको संक्रमण बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका बिरामीहरुमा स्क्रब टाइफस पनि देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । दैनिक एकसयभन्दा धेरै डेंगुका बिरामी भेटिएका छन् । त्यसमध्ये २० देखि ३० जनासम्मा स्क्रब टाइफसको संक्रमण पनि देखिएको छ । अस्पतालका एक चिकित्सकले भने, तर डेंगुको त्रासमाथि अरु त्रास नथपियोस् भनेर बाहिर जानकारी गराइएको छैन । स्क्रब टाइफस रोग मुसाबाट माइस जिवाणुले मनिसमा सार्न गरेको  छ । स्कोब टाइफस रोग लागेमा ज्वरो आउने, मांशपेशि, दुख्ने अत्यधिक टाउको दुखने, छमछमति पसिना आउने  खोकी लाग्ने जस्ता लक्षण देखापर्ने गर्दछ । 

डेंगु संक्रमित घटे 
स्क्रब टाइफसका नयाँ बिरामी फेला परेपनि राजधानीमा डेंगु संक्रमण क्रमिक रुपमा घट्न थालेको छ । बिदाको दिनमा समेत ओपिडी सुचारु गरेर शुक्रराज सरुवारोग अस्पतालमा बिरामी जाँचिएको छ । त्यसक्रममा अघिल्लो हप्ताको सुरुतिर दैनिक २ सय भन्दा धेरै डेंगु संक्रमित पहिचान हुन्थे । त्यो क्रम विस्तारै घट्ने क्रममा रहेको छ । देशैभर डेंगु सक्रमणको चर्चा भएपछि मानिसहरुले लामखुट्टे मार्ने र जोगिने विषयमा सचेत बनेपछि केहीहदसम्म डेंगु संक्रमण घटेको हुनसक्ने चिकित्सकहरुले बताए । यद्यपी डेंगुको संक्रमण अझै एकमहिनासम्म पनि रहनसक्ने चिकित्सकको आंकलन छ । 
 

Last modified on 2019-09-18 09:58:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts