भरतपुर क्यान्सर अस्पतालमा बालबालिका वार्ड नहुँदा समस्या



Download our app to get more features

चितवन, ३ असोज । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बालबालिका बिरामीलाई उपचार गर्ने छुट्टै वार्ड नहुँदा एकै ठाउँमा राखी उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

झन्डै ८० करोडको लागतमा सन् १९९८ मा चीन सरकार र नेपाल सरकारको संयुक्त सहकार्यमा निर्माण गरिएको अस्पतालले देशको आधाभन्दा बढी क्यान्सर रोगीको उपचार गर्दै आइरहेको छ ।

क्यान्सर परीक्षणदेखि अप्रेसन, किमोथेरापी र रेडियोथेरापी लगायतको सेवा प्रदान गर्दै आइरहेको अस्पताल व्यावस्थापनले चासो नदेखाउँदा बच्चा तथा वयश्क दुवै बिरामीहरुलाई एकै ठाउँमा राखी उपचार गर्नुपर्ने बाध्यता रहेको हो ।

उक्त अस्पतालबाट वार्षीक ५ सय भन्दा बढीले रगतक्यान्सरको उपचार सेवा लिँदै आइरहेका छन् । भने, प्रत्येक वर्ष ३ सय ५० भन्दा बढी नयाँ बिरामी आउने गरेको अस्पतालका बाल क्यान्सर बिभाग प्रमुख डाक्टर कृष्ण सागर शर्माले जानकारी दिए । उनका अनुसार छुट्टै बच्चाको वार्ड सहितको विशेषज्ञ चिकित्सकहरुको समेत आवश्यक रहेको बताए । 

भर्ना हुन नपाएर बिरामीलाई लाइन लगाएर बस्नुपर्ने बाध्यता छ भने चिकित्सकहरुको अभावमा समेत उपचार नै नपाइ ज्यान जाने जोखिममा बिरामीहरु रहेकोले तत्कालै आवश्यक जनशक्ति , उपकरण , स्रोत साधन थप गरे यस्ले सार्थकता पाउने उनको भनाइ छ ।

हाल उक्त अस्पतालमा अधिकांश निको हुने अवस्थामा आउने भएपनि केही रोग फैलीसकेपछि निको नहुने अवस्थामा आउने गरेको र त्यस्तो अवस्थामा बिरामीलाई सहजता बनाउन र बाँच्ने बेलासम्म आरामदायी जीवनयापन गर्न सघाउ पुर्‍याउने उद्देश्यले नेपालकै पहिलो प्यालेटिभ वार्ड सञ्चालनमा ल्याईएको उनले जानकारी दिए ।

यस्को लागी पनि थप जनशक्ति आवश्यक पर्ने र सो, उपलब्ध नभएकोले सिमित जनशक्तिको आधारमा नै सेवा सञ्चालन भइरहेको छ । ब्रोन म्यारो प्रत्यारोपण गरी फैलिसकेका जटिल कतिपय क्यान्सरलाई निको पार्न सकिन्छ त्यो सेवा पनि जनशक्ति अभावले सञ्चालनमा ल्याउन नसकेको उनी बताउँछन् ।

अस्पतालमा ३५ प्रतिशत बल्ड क्यान्सर , २५ प्रतिशत ग्लान्र्ड क्यान्सर , १५ प्रतिशत हड्डि र नरम तन्त्रु क्यान्सर , १० प्रतिशत ब्रेन ट्युमर , १५ प्रतिशत आँखा , कलेजो, मृगौला, नसा , अण्डाशर्य र छालाको क्यान्सर रोगी आउने गरेको भेटिएको छ ।

Last modified on 2019-09-21 15:04:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts