अफगानिस्तानको एक अस्पतालमा तालिवानको बम हमला, चिकित्सक बिरामी लगायत १५ भन्दा बढिको मृत्यु



Download our app to get more features

एजेन्सी, ३ असोज । अफगानिस्तानको दक्षिण भागमा पर्ने एउटा अस्पतालमा तालिवान लडाकुहरुले गराएको विस्फोटमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ । 

विस्फोटक पदार्थले भरिएको ट्रकलाई उनीहरुले अस्पतालमा विस्फोट गराएका थिए । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार कालात शहरमा भएको उक्त आक्रमणमा मारिनेमा अधिकांश चिकित्सक र बिरामी रहेका छ । त्यसैगरी अफगानिस्तानको पूवीभागमा इस्लामिक स्टेट लडाकूहरुमाथि लक्षित गरी सरकारी फौजबाट भएको हवाई हमलामा कम्तिमा अन्य १५ सर्वसाधारण मारिएका छन् । 

बीबीसीका अनुसार गत महिनामात्र अफगानिस्तानमा ४ सय ७३ जना सर्वसाधारण मारिएका छ । रक्षा मन्त्रालयका एकजना वरिष्ठ अधिकारीले शक्तिशाली बम राखेर ल्याइएको एउटा मिनी ट्रक कालातस्थित अस्पताल नजिक विस्फोट गराइएको रोयटर्सले जनाएको छ । उक्त अस्पताल कावुल प्रान्तको प्रमुख अस्पताल हो । तालिवान समूहले भने अस्पताल नजिकको सरकारी गुप्तचर कार्यालयलाई लक्षित गरि आक्रमण गरिएको जनाएको छ । यस घटनामा मारिनेको यकिन संख्या भने अझै पुष्टि भइसकेको छैन । प्रान्तिय परिषदले कम्तिमा २० जना मारिएको र अन्य झण्डै १ सयजना घाइते भएको जनाएको छ । प्रत्यक्षदर्शीहरुले मारिनेमा महिला तथा बालबालिका पनि रहेको बताएका छन् । 

अघिल्लो दिनमात्र अफगानिस्तानमा संघर्षरत लडाकू समूह तालिवानले यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा पुनः शान्ति वार्ता थालनी गर्न चाहेको खण्डमा आफ्नो तर्फबाट सँधै ढोका खुल्ला रहेको जनाएको थियो । बीबीसीलाई अन्तर्वाता दिने क्रममा तािलवानका प्रमुख वार्ताकार सेर मोहमद अब्बास स्तानिक्जाइले अफगानिस्नामा शान्ति स्थापनाका लागि एकमात्र विकल्प भनेको वार्ता भएको जनाएपनि त्यसको भोलिपल्टै आततायी हमला भएको हो । 
 

Last modified on 2019-09-21 15:04:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts