संविधान दिवसमा प्रधानमन्त्रीका निजी चिकित्सकदेखि सिंगापुर र भारतका चिकित्सकलाई समेत पदवी

काठमाडौं, ३ असोज । आज असोज ३ गते अर्थात चौथो संविधान दिवस । राष्ट्रिय दिवसका रुपमा समेत मनाइने यो दिवसमा सरकारले टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
त्यस्तै, दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधाका व्यक्तिहरुलाई पदक वितरण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिले दिने मानपदवी अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले सुप्रसिद्ध प्रबल जनसेवा श्री पदक पाउने भएकी छिन् । त्यस्तै प्रधानमन्त्रीको उपचार भैरहेको सिंगापुरको युनिभर्सिटी अस्पतालका मिर्गाैला रोग विभागका चिकित्सक प्रोफेसर अनन्थरमण वात्सलालाई पनि सुप्रसिद्ध प्रबल जनसेवा श्री पदक दिइँदै छ । त्यस्तै, भारतको एमएक्स ग्रुप अफ हस्पिटलका युरोलोजी विभागका अध्यक्ष प्राफेसर डाक्टर अनन्तकुमार, भारतकै इन्स्टिच्यूट अफ एडल्ट रिकन्सट्रक्सन, स्पोर्टस् इन्जुरी एण्ड ज्वाइन्ट रिप्लेसमेन्टका अध्यक्ष डा. राजिवकुमार शर्मा र भारतकै इन्द्रप्रस्थ एपोलो अस्पतालका क्यान्सर विभाग प्रमुख डा. हरिस दुवालाई पनि सुप्रसिद्ध प्रबल जनसेवा श्री पदक दिने तय भएको छ ।
त्यस्तै, सुकीर्तिमय राष्ट्रदिप दित्तीय श्रेणीको पदकबाट ख्यातीप्राप्त चिकित्सक प्रा.डा भगवान कोइरालालाई सम्मान गरिँदैछ ।
सुप्रबल जनसेवा श्री तृत्तीय श्रेणीबाट गंगालाल राष्ट्रिय हृदय केन्द्रका निवर्तमान निर्देशक डा. ज्योतेन्द्र शर्मा, त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. उत्तमकुमार शर्मा, सोही अस्पतालका डा. ईश्वर लोहनी, ग्राण्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डे सम्मानित हुँदैछन् । त्यस्तै काठमाडौं मोडल अस्पतालका डा. भरत प्रधान, त्रिवि शिक्षण अस्पतालका डा. प्रेम ज्ञवाली, प्राडा रामकुमार घिमिरे, डा. शर्मा पौडेल, डा. रत्नमणि गजुरेल, डा. रमेशसिंह भण्डारी, डा. उत्तम पाच्या लगायत सम्मानित हुँदैछन् । त्यस्तै अष्ट्रेलियाका चिकित्सक प्रोफेसर डाक्टर डेभिड फ्रान्सिस पनि यहि पदकबाट सम्मानित हुँदैछन् । योग प्रशिक्षक डा. राजु अधिकारी, त्रिभूवन विश्वविद्यालयको त्रिवि शिक्षण अस्पताल मनमोहन सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ, नेपाल प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरिक्षक डा. दीपक श्रेष्ठ र त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. पलेस्वाँ जोशी लाखे पनि सुप्रबल जनसेवा श्री तित्तीय श्रेणीबाट विभूषित हुँदैछन् ।
त्यस्तै, सुप्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट सप्तरीका चिकित्सक डा. अशोकानन्द मिश्र, पर्साका आयुर्वेद चिकित्सक डा. टिकाधर द्विवेदी, प्रादेशिक आयुर्वेद चिकित्सालय दाङका निमित्त निर्देशक डा. राम कामेश्वर ठाकुर, जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अधिकृत गिरेन्द्र कुमार झा, जिल्ला अस्पताल मुगुका जनस्वास्थ्य निरिक्षक ज्ञानसिंह बुढा सम्मानित हुँदैछन् ।
जनसेवा श्री पाँचौबाट लुम्बिनी प्रादेशिक अस्पतालका अहेव सत्यराज शाक्य सम्मानित हुँदैछन् ।
Hamro Doctor































