सरकारी अस्पतालका चिकित्सक तथा कर्मचारीले अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने !



Download our app to get more features

काठमाडौं, ३ असोज । सरकारी अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीले अनिवार्य स्वदेशी लुगा लगाउनुपर्ने नियम बन्ने भएको छ । 

स्वदेशी उत्पादनको प्रवद्र्धनका निम्ति यस्तो व्यवस्था गर्न लागिएको बताइएको छ । अस्पतालका अलावा सुरक्षाकर्मी तथा सबै सरकारी कर्मचारीले पनि स्वदेशमै बनेको कपडा लगाउनुपर्ने गरि ऐन संशोधन हुन लागेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले स्वदेशी उत्पादन र उद्यमीलाई प्रोत्साहन गर्न सार्वजनिक खरिद ऐन संशोधन गर्न लागिएको बताए । साथै उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न भन्सार दरहरुमा पनि सहुलियत दिइएको दावी गरे । स्वदेशी उद्यमीहरुलाई आत्मनिर्भर बनाउन सरकारले १५ प्रतिशत सम्म संरक्षण दिने व्यवस्था गरिएको जनाए । 

Last modified on 2019-09-21 15:03:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts