विश्व मुटु दिवस

के हृदयघातपछि शरीरमा परिवर्तन आउँछ ?



Download our app to get more features

आजभोलीे हृदय र हृदयघात सँग सम्बन्धित रोगमा दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । मुटु सम्बन्धी रोग महिला, पुरुष र वृद्धवृद्धाका अलावा युवा र बालबालिकामा पनि बढ्दै गइरहेको छ । हृदयघातपछि शरीरमा धेरै परिवर्तन आउँछन् र यो परिवर्तन यस्तो हुन्छ की तपार्ईंको चिन्ता झन् बढ्न सक्छ । जानौं हृदयघातपछि शरीरमा आउने परिवर्तनबारे:

पहिलो १ महिना निकै कठिन
हृदयघातपछिको २८ दिन अर्थात् पहिलो महिना निकै महत्तवपूर्ण हुन्छ । जुन व्यक्तिलाई हृदयघात हुन्छ, उनलाई सञ्चो भएपछि हर्ट फेल र मुटु सम्बन्धि अन्य रोगहरूको जोखिम बढेर जान्छ । त्यसैले यो समय जÞरूरी हुन्छ की नियमित डक्टरको सम्पर्कमा र अस्पतालबाट डिस्चार्ज भएपछि पनि नियमित जाँचमा रहनु पर्छ ।

हृदयघातको कारण बुझ्ने 
हृदयघातबाट जोगिनका लागि सबैभन्दा जरुरी हुन्छ, हृदयघात हुने कारण के हो त्यो पत्ता लगाउनुपर्छ  । त्यसका लागि तपाईं आफ्नो वितेका कुरा र आफूले गरेको काम क्रियाकलापमाथि ध्यान दिनुस् । तपाईंको खापान, जीवनशैली लगायतका कुरामा ध्यान दिँदा तपाईंलाई हृदयघात किन भयो भन्ने पत्ता लगाउन सकिन्छ । यो कुरा उनमा अलि धेरै गम्भिर हुन्छ जसलाई कम उमेरमै हृदयघात भएको छ । त्यसका लागि डक्टरसँग विस्तृत रपमा चर्चा गर्नुपर्छ र सल्लाह लिनुपर्छ की कसरी तनावमुक्त जीवन व्यतित गर्न सकिन्छ । 
 
मानसिक रुपमा चिन्ता बढ्छ 
हृदयघातबाट जोगि सकेपछि तपाईं सामान्य तरिकाले जीनव जीउन थालेपछि पनि यसले तपाईंलाई मानसिक रुपले सँधै चिन्तित बनाइ राख्छ । मस्तिष्कमा पटक पटक एउटै कुराले सताइराख्छ आखिर हृदयघात भयो किन ? कतै फेरि त हृदयघात दोहोरिदैन ?

शिारीरिक क्रियाकलाप हुन्छ प्रभावित
तपाईं जति सक्रिय भएर पहिले काम गर्नु हुन्थ्यो त्यो सक्रियता हृदयघातपछि कम भएर जान्छ । कुनैपनि गहु्रगों सामान उचाल्न वा लामो समय सम्म व्यायम गर्न सक्नुहुन्न । किनकी हृदयघातपछि भले तपाईं सामान्य जीवन विताउन थाल्नुहुन्छ तर तपाईंको मुटुमा पहिले जस्तो बल हुँदैन ।

छातीमा दुखाई हुनासाथ गायब हुन्छ निद्रा
हृदयघात हुनुभन्दा पहिले तपाईंको छातिमा हुने कुनैपनि दुखाईलाई वेवास्ता गर्नुहुन्थ्यो भने हृदयघात पछि हुने जुनसुकै दुखाईंका कारण तपाईंको निद्रा नै गायब हुन्छ । हृदयघातपछि हुने मुटुको दुखाईका कारण तपाईंलाई लाग्न थाल्छ कतै फेरि हृदयघात त हुने होइन भनेर ।

औषधि बिना बस्न गाह्रो 
हृदयघात पछि सामान्य जीवनमा जे जे परिवर्तन आउँछ त्यो हो औषधि । तपाईंको रूटीन पूर्ण रुपले नै परिवर्तन भएर जानछ । खानपान र लाइफस्टाइलको साथै तपाईंको आफ्नो औषधि र त्यसको डोजको पनि निकै सचेतनाका साथ ध्यान राख्नुपर्छ । 

यौन जीवन हुन्छ प्रभावित 
हृदयघातपछि तनाव र चिन्ता बढ्छ । जसको सिधा प्रभाव तपाईंको यौन जीवनमा पर्न जान्छ । तनाव र टेन्सनका कारण तपाईंको सम्पूर्ण यौन क्रियाकलापमा नै प्रभाव पर्छ । कतिपय मानिसलाई के डर हुन्छ भने यौन क्रियाकलापका कारण कतै फेरि हर्ट अट्याक नहोस् भनेर । तर, जब शरीर र मुटुलाई पूर्ण रुपले आराम हुँदैन तबसम्म यौन सम्बन्धी यो समस्या समाधान हुँदैन । 

 

(एजेन्सीः युनिर्भसिटि अफ कार्डियोलोजी, नर्थ क्यारोलिना)

Last modified on 2019-09-30 06:22:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts