काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई डेंगु संक्रमण, ब्लूक्रस अस्पतालमा भर्ना



Download our app to get more features

काठमाडौं, १६ असोज । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेंगु संक्रमण भएको छ । अस्वस्थ भएपछि राजधानीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना भएका शाक्यलाई डेंगु संक्रमण भएको पुष्टि भएको हो । 

उनको उपचारमा डा. खगेन्द्र बहादुर श्रेष्ठ र डा. त्रिलोकिनाथ गुप्ता लगायत संलग्न छन् । 

मेयर शाक्यलाई डेंगु भएको आशंका भएपछि थप प्रयोगशाला जाँच गर्न पठाइएको र डेंगु पुष्टि भएको अस्पतालनिकट स्रोतले जनाएको छ । यद्यपी मेयर शाक्यको सचिवालयले भने यस विषयमा केही जानकारी दिएको छैन । अस्पतालमा उपचाररत शाक्यको हातमा पनि समस्या देखिएपछि हाडजोर्नी रोग विशेषज्ञको पनि निगरानीमा राखिएको छ । 

पछिल्लो समय डेंगुको महामारी फैलिएसँगै विभिन्न उच्चपदस्थ व्यक्तिहरु यसको शिकार भइसकेका छन् । यसअघि कृषिमन्त्री चक्रपाणी खनाल, नेकपा नेता बामदेव गौतम, वरिष्ठ चिकित्सक डा। सन्दुक रुइत लगायतलाई डेंगु संक्रमण भएको थियो । 

Last modified on 2019-10-03 22:31:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts