अनुसन्धानको क्षेत्रमा नयाँ आचारसंहिता २०१९ ल्याउने तयारीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद



Download our app to get more features

काठमाडौं, १७ असोज । नेपाल स्वास्थ्य अनुसन्धान परिषद स्वास्थ्य अनुसन्धानका क्षेत्रमा नयाँ तथा विस्तृत आचारसंहिता ल्याउने तयारीमा लागेको छ । परिषद्ले अब गरिने कार्य विश्वव्यापी मापदण्ड (ग्लोवल स्टान्डर)मा हुनुपर्ने मान्यताका साथ नयाँ आचारसंहिता ल्याउन लागेको जनाएको छ ।

शुक्रबार परिषदले गरेको पत्रकार सम्मेलनम आयोजना गरि ल्याउन लागिएको आचारसंहित यस अगाडिका रिर्सच गाइडलाइन भन्दा धेरै विस्तृत हुने जनाइएको हो । अनुसन्धानको प्रस्ताव पेस गर्ने तरिकादेखि अनुसन्धानको प्रत्येक चरणको निर्देशिका बन्नेपनि परिषदका प्रमुख डा. अन्जनी कुमार झा ले बताए ।

नेपालमा भएका अनुसन्धानले अन्तराष्टिय मान्यता प्राप्त गर्न सक्ने गरि कार्य भइरहेको छ । परिषद्ले तयार पारेको आचारसंहिताको फोरम अफ इथिकल रिभिउ कमिटिज इन एसिएन एण्ड वयस्टर्न प्यासिफिक रिजन(फरक्याप) का प्रतिनिधिहरुले अहिले अध्ययन गरिरहेका छन् ।

Last modified on 2019-10-04 19:59:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts