रेडक्रसले दशैंमा पनि सेवालाई निरन्तरता दिने, आइपर्ने विपदका लागि २ सय युनिट रगत मौज्दात



Download our app to get more features

काठमाडौं, १८ असोज । नेपाल रेडक्रस सोसाइटीले दशैंका बेला पनि सेवा प्रदान गर्ने भएको छ ।

सोसाइटीले दशैँका बिदाको समय आइपर्ने विपदका बेला पनि सेवालाई निरन्तरता दिने जनाएको छ ।

विपदको घटना व्यवस्थापन गर्न केन्द्रीयस्तरमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा टोली सक्रिय रहने रेडक्रसले जनाएको छ ।

विषेशगरी दशैंको बेला सवारी दुर्घटना हुने र रगत अभाव हुने सम्भावना बढी हुन्छ त्यसकारण रगत अभावका कारण कसैको ज्यान नगुमोस भन्ने उदेश्यले पनि सेवा बन्द नहुने रेडक्रसले जाएको छ ।

यसैगरी रक्तसञ्चार सेवा पनि नियमित रुपमै सञ्चालनमा आउने र रक्त सञ्चार केन्द्रमा दैनिक छ जनाले ‘ड्यूटी’ गर्ने व्यवस्था मिलाइएको छ ।

रक्त सञ्चार केन्द्रमा एक हजार २ सय यूनिट रगत मौज्दात राखिएको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । आपतकालीन अवस्था आइपरे आकस्मिक रक्तदान आयोजना गर्न सकिने रेडक्रसले जनाएको छ ।

Last modified on 2019-10-06 07:19:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts