दक्षिणकाली पुग्ने भक्तजनका लागि मेडिसिटीको मोबाइल क्लिनिक सेवा



Download our app to get more features

काठमाडौं, १८ असोज । नेपाल मेडिसिटी अस्पतालले दक्षिणकाली मन्दिरमा दर्शन गर्न आउनेका लागि मोबाइल क्लिनिक सेवा सुरु गरेको छ ।

आजबाट सुरु भएको सेवामा मन्दिरमा दर्शनमा गर्न आउने भक्तजनलाई कुनै किसिमको स्वास्थ्य समस्या भयो भने पूर्व तयारी स्वरुप मोबाइल क्लिनिक सहित स्वास्थ्य उपचार सेवा दिन सुरु गरेको हो ।

सेवा भोली अस्टमी र नवमीको दिनसम्म जारी रहने छ । 

अत्याधिक मात्रामा भक्तजनको भिँड हुने र खाली पेट दर्शन गर्ने भएकाले कमजोरी लगायतका समस्या हुनसक्ने विषयलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर आयोजना गरिएको अस्पतालका महाप्रवन्धक विजय रिमालले जानकारी दिएका छन् ।

साथै अस्पतालले दशैं विदामा समेत आकस्मिक अवस्थामा अस्पताल आउनु पूर्वको प्राथमिक उपचार सेवा, आकस्मिक उपचार, क्रिटिकल केयर सेवा प्रदान गर्ने भएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts