अपडेट

भारतको राजधानी दिल्लीमा आजबाट सरकारी कार्यालय खोलिने

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, २२ वैशाख । भारतमा आजबाट तेस्रो चरणको लकडाउन सुरु भएको छ ।

भारत सरकारले जारी गरेको तेस्रो चरणको लकडाउन १७ मेसम्म जारी रहन्छ । यसबीच भारतका विभिन्न राज्यमा लकडाउनलाई खुकुलो पनि बनाइने भएको छ । सबैभन्दा बढी प्रभावित राज्यलाई ध्यानमा राखी कोरोनाको कम प्रभाव परेको क्षेत्रमा लकडाउन खुकुलो बनाउने तयारी गरिएको छ । जसमा आर्थिक गतिविधि गर्न दिइने, सरकारी कार्यालय खोलिने लगायतका छन् ।

यसैबीच भारतको राजधानी दिल्लीमा आजबाट सरकारी कार्यालय सुचारु हुने भएको छ । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुलुकमा जारी लकडाउन दिल्लीमा खोल्नका लागि तयारी स्वरुप आजबाट सरकारी कार्यालय खोल्न लागेको बताएका छन् । उनले दिल्लीमा सबैभन्दा उच्च खेजिमयुक्त ९७ स्थान रहेको र तीनलाई पूर्ण शिल गरि बाँकीलाई खोलिने तयारी गरिएको पनि बताए । मुख्यमन्त्री केजरीवालले दिल्लीमा रहेका नीजि कार्यालयहरु ३३ प्रतिशतसम्म खोल्न सकिने भन्दै आजबाट बजार, खाद्य उत्पादन गर्ने उद्योग लगायत खोलिने बताए । 
 
दिल्लीमा हालसम्म कोरोनाका कारण ४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ६४ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये १२ सय ५६ जना स्वस्थ्य भएका छन् । केजरीवालले दिल्ली कोरोनासँग लड्न र कोरोनासँग जीउनका लागि तयार रहेको भन्दै अस्पताल र जाँचका लागि चाहिने किटको लागि राम्रो अवस्थामा रहेकाले दिल्लीमा लकडाउन खोलिने बताए । 

भारतमा हालसम्म कोरोनाका कारण ४० हजारभन्दा बढी नागरिक संक्रमित भएका छन् भने १३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्षको अन्त्यसम्ममा कोरोना विरुद्धको खोप तयार भइसक्ने दावी गरेका छन् । अमेरिकी समाचार संस्था फक्स न्यूजसँगको कुराकानीमा उनले कोविड–१९ को खोप वर्षको अन्त्यसम्मा अमेरिकाले विकास गरिसक्ने दावी गरे । उनले आउने सेप्टेम्बर महिनाबाट अमेरिकाका विद्यालयहरु खोलिने र लकडाउनपनि हटाइने बताए । यसैबीच अमेरिकी विदेशमन्त्री माइक पोम्पीयोले कोरोना भाइरस चीनमा विकसित गरिएको दोहोर्याएका छन् । पत्रकारसँगको कुराकानीमा उनले चीनमा भाइरस विकास गरिएको विषयमा अमेरिकासँग पर्याप्त प्रमाण रहेको दावी गरे । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि चीनले नै कोरोना भाइरस बनाएको भन्दै पटक पटक आरोप लगाउँदै आएका छन् । अमेरिका कोरोनाका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ कोरोनाका कारण हालसम्म ११ लाख ८८ हजारभन्दा बढी संक्रमित छन् भने ६९ हजारको हाराहारीमा मानिसहरुको मृत्यु भइसकेको छ । 

ब्राजिलमा पछिल्लो समय कोविड–१९ का कारण संक्रमित हुनेको संख्या बढ्दै गएको छ । कोरोना संक्रमितको संख्या एक लाख नाघेपछि ब्राजÞीलको स्वास्थ्य मन्त्रालयले मानिसहरुलाई घरबाट बाहिर ननिस्कन अपिल गरेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र सरकारले कुनै ठोस कदम नचालेको भन्दै त्यहाँका नागरिकहरु सडकमा उत्रिएका छन् ।

ब्राजिलमा हालसम्म कोरोनाका कारण एक लाख १० हजार संक्रमित भएका छन् भने ७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

युरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा लकडाउनपछि पहिलोपटक कोरोना संक्रमितको संख्यामा कमी आएको छ । मार्च १० मा जारी गरिएको लकडाउनको दिन १ सय ६८ जनाको मृत्यु भएको थियो । जबकी आइतवार कोरोनाका कारण मात्र १ सय ६४ जनाको मृत्यु भएको छ भने १३ सय ८९ जना मात्रै संक्रमित भएका छन् ।.

युरोपको दोस्रो कोरोना प्रभावित मुलुक बेलायतमा महामारीका बीच संक्रमणको दोस्रो चरणको खतरालाई रोक्नकालागि नयाँ कोरोना भाइरस ट्रेसिंगको योजना सुरु गर्न थालिएको छ । क्याबिनेट मन्त्री माइकल गवले आउने सातादेखि दक्षिण क्षेत्रमा अवस्थित वीट द्वीपमा ट्रेसिंगको काम सुरु गरिने बताए । बेलायतमा हालसम्म कोरोनाका कारण २७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

फ्रान्समा कोरोना संक्रमणलाई रोक्नकालागि बनाइएको नयाँ मोबाइल एपको परीक्षण आजबाट सुरु हुँदैछ । फ्रान्सका एक मन्त्रीका अनुसार सरकारी सहयोगले बनेको मोबाइल एप “क्तयउऋइख्क्ष्म्ज्ञढ कन्ट्र्याक्ट ट्रेसिंग एप हो । यस्तै फ्रान्समा आजबाट लकडाउनपनि खुकुलो बनाउने तयारी भएको छ । फ्रान्समा हालसम्म कोरोना २५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाखभन्दा बढी संक्रमित भएका छन् ।
 
पछिल्लो ९ दिनमा पहिलोपटक भियतनाममा कोरोना संक्रमित फेला परेका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या २ सय ६१ पुगेको छ । अप्रिलको अन्त्यमा देशमा लगाइएको लकडाउनलाई खुकुलो बनाइएको छ भने भियतनाममा कोरोनाका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छैन ।

Last modified on 2020-05-04 09:38:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts