कोरोना भाइरसको नाम 'कोभिड–१९' किन रहन गयो ? यसको असर तथा बच्ने उपाय


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

विश्वभर महामारीको रूप बनेको नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितबाट नेपाल पनि अछूतो रहन सकेन । बिगत ५ महिनादेखि आम जनमानसमा सन्त्रास सृजना गरिरहेको संक्रमित रोग कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले पान्डेमिक अर्थात् विस्वव्यापी महमारीको रुपमा घोषण गरिसकेको छ । आजका मितिसम्म यस रोगले झडै २ लाख ६५ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने नेपालमा अहिलेसम्म ९९ जनामा संक्रमण पुष्टि भएतापनि सबैको स्वास्थ्य स्थिती सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आखिर के हो कोविड–१९ः
सङ्क्रामक रोग कोविड–१९ एक प्रकारको नयाँ कोरोना भाइरस प्रजाती (सार्स कोभिड २) हो । यो भाइरस चीनको वुहान सहरको सामुन्द्रीक खाद्य बजारबाट डिसेम्बर २०१९ को अन्त्यमा सुरु भएको हुनाले यस रोगलाई कोविड–१९ नामाकरण गरिएको हो ।

vayoda

Hamro Doctor Apps2

हाल नेपालमा पनि छिमेकी राष्ट्र भारतसँग जोडिएका तराई छेत्रका जिल्लाहरु लगायत जोखिममा रहेको जिल्लालाई रातो, पहेलो र हरियो क्षेत्र भनी घोसणा गरिएको छ । नेपालमा अहिले छैटांै पटकको लकडाउन जेष्ठ ५ गतेसम्म लम्बाईएको छ । तर, भयावह स्थिती आउन नदिन ६ महिना नलम्बेला भन्न सकिन्न । आशा गरौ उक्त अवधिमा एन्टिभाइरल औषधि वा भ्याक्सिन बन्नेछ ।

कोविड–१९ का कारण सृजित असरहरुः
१. स्वासप्रस्वास सम्बन्धी समस्या तथा मृत्युः सुरुवाती अवस्थामा साधारण रुघाखोकी, हाछ्यु, उच्च ज्वरो (तापक्रम १०१ डिग्री फरेनहाइट भन्दा बढी), छिटो छिटो स्वास्प्रस्वास हुने लक्षण देखा पर्दछ भने जटिल अवस्थामा निमोनिया, विभिन्न अङ्गप्रत्यङ्गले काम गर्न छोड्ने हुन्छ । वृद्ध र दीर्घरोगी (उच्च रक्तचाप, मधुमेह क्यान्सर) का बिरामीलाई विशेषगरी समस्या पर्ने भएतापनी नेपालमा आज सम्म कसैको ज्यान गएको छैन ।
 

२. विश्व अर्थतन्त्रमा गिरावटः विश्व ग्राहस्थ उत्पादन ३ प्रतिशतले घट्ने एक सर्वेक्षणले देखाएको छ । यसैगरि राजस्व संकलनमा पनि ह्रास आउने हुनाले आगामी बजेटमापनि यसको असर पर्ने देखिएको छ ।
 

३. पर्यटन व्यावसायः बन्दाबन्दि (लकडाउन) ले यस वर्ष हुन लगेको “नेपाल भ्रमण वर्ष २०२०” पनि रोकिएको छ । पर्यटकहरुको आवतजावत रोकिएकाले पर्यटन व्यवसाय धरासायी बनेको छ । आगामी ६ महिनासम्म होटेल खोल्न नपाउने निर्णय नेपाल सरकारले गरेसँगै होटेल कर्मचारीलाई बिदामा बस्न भनिएको छ । लामो समयसम्म यस्तै स्थिती रहेमा होटेलहरु पनि बन्द  हुने स्थिति देखिन्छ ।
 

४. विश्व तेल बजारमा गिरावटः यस वर्ष लकडाउनका कारण विश्वबजारमा उर्जाको माग ०.४५ ले घट्ने भनेपनी विश्व पेट्रोलियम उत्पादक देशहरुको संगठन “ओपेक” ले भने अन्तर्राष्ट्रिय हवाइ इन्धनको मागमा १९  प्रतिशतसम्म गिरावट आउने जनाएको छ ।
 

५. कम्पनीको उत्पादन लगयतमा ह्रासः नेपाल लगायतका धेरै देशहरुले कच्चापदार्थ अन्य देशबाट आयात गर्छन् । उक्त सामानहरु केही बोर्डरमा, केही ट्रान्सपोर्टमा अलपत्र परेका छन् । कर्मचारीलाई पनि छुट्टी दिएको हुनाले कम्पनि बन्द हुने स्थिती छ । उत्पादित बस्तुले बजारभाउ नपाउने त्रासमा उत्पादन हुन सकेका छैनन् ।
 

६. कुखुरा पालन लगायत कृषि जन्य व्यावसायमा ह्रासः
कुखुरा व्यावसायीले पर्याप्त मात्रामा कुखुराको दाना पाएका छैनन् । पाइहालेपनि तेब्बर रकममा किन्नु पर्ने बाध्यता, पर्याप्त दाना नपाउँदा खान नपाएर कुखुराहरु मर्ने स्थिती देखिएकोले आफ्नो एक कुखुरामा लगानी १ हजार हुँदाहुँदै पनि १ सय रुपैयाँ गोटा बेच्नु परेको छ । कृषिजन्य उत्पादनमा पनि ह्रास आएको र केहि उत्पादित तरकारी, फलफुल, अन्डा, दूध, मासु जस्ता चाँडै बिग्रने वस्तुहरु कुहिएर लगानी खेर गएको छ भने सहर बजारमा बस्ने मानिसहरुले खान नपाएको स्थिती छ । किनकी जति सम्पत्ति भएपनि भोको पेटलाई चाहिने भनेको खाना नै हो ।

७. विस्वव्यापी निर्यातमा ह्रासः विश्वका ठूला कम्पनी जस्तै जेसिबी जसले अन्य कम्पनीलाई सामग्री प्रदान गर्दछ र कार बनाउने कम्पनी निस्सान लगायत सम्पुर्ण पसल र कारका सो रुममा माग घटेको देखिन्छ ।

८. विश्व सेयर व्यापारमा भारि गिरावट र चाइनिज लगानिकर्ताको वृद्धी

९. विश्वव्यापी आर्थिक मन्दी

१०. बेरोजगारी तथा भोकमरि

११. एक आपसमा व्यक्तिगत दुरि कायम गर्नुपर्नेमा समाजिक दुरी कायम

१२. प्रविधि विकास गरिहाल्नुपर्ने बाध्यताः अनलाइन कक्षा तथा डिजीटल भुक्तानी

१३. शारीरिक तथा मानसिक स्वस्थ्य समस्या 

१४.परिवार नियोजनका समाग्रीको अभावमा आगामी वर्ष अधिक मात्रामा जनसंख्या वृद्धी हुन सक्ने

१५. अन्यः लकडाउनको असर आँखाले देख्न सकिने भएको छ । यद्यपी दुर्घटना, मृत्युुदर, बलात्कारका घट्नामा कमी आएको छ । मानिसहरु सरसफाईमा ध्यान दिन थालेका छन् । हात धुने बानी बसेको छ । स्यानिटाइजर, मास्क तथा व्यक्तिगत सुरक्षाका समानको प्रयोगमा वृद्धि, हरित गृह प्रभाव घटेको र मौसममा परिवर्तन आएको, पारिवारिक समयमा वृद्धी भएतापनि विश्वव्यापी सङ्कटका सामुन्ने यो केही होइन ।

यति हुँदाहुँदै पनि आजसम्म नेपालमा संक्रमण अनियन्त्रित रुपमा फैलिनबाट रोक्नुको श्रेय आजसम्म लकडाउन पालना गर्नुहुने तपाईं हामी लगायत अहोरात्र खटिएर सेवा गर्नुहुने प्रहरी प्रशासन, डाक्टर, नर्स, फर्मासिस्ट, ल्याब टेक्निसियन, रेडियोलोजिस्ट लगायत सम्पुर्णमा जान्छ ।  
♦ घरमै बसौं सुरक्षित रहौ 
♦ तपाईंको एक सावधानीले भाइरसको चेन तोडिन सक्छ  
♦ साबुन पानीले हात धुने बानी बसालौं 
♦ व्यक्तिगत सुरक्षाका सामानको प्रयोग गरौं
♦ हाच्छ्यूँ गर्दा वा खोक्दा कुहिनो वा रुमालले मुख छोपौं
♦ शारीरिक दुरि कायम गरौं
♦ भिडभाडमा नजाऔं

एक छिन यो पनि विचार गरौं है 
एकै पटक धेरैलाई कोरोना पोजिटिभ देखिए के होला तपाईंको सोचेरै मुटु काम्नेछ ।
१. कोरोना फैलेको थाहा पाउने बित्तिकै एम्बुलेन्स लगायतका सवारी साधन ग्यारेज मै थन्किसकेका हुन सक्नेछन् ।
२. एम्बुलेन्स चालक, विशेषज्ञ डाक्टर सबै विदामा बस्नेछन् ।
३. हाकिमले बिदा नदिए राजिनामा ठोक्नेछन् तर बिरामी बोक्ने र छुने छैनन् ।
४.आफ्नै घरका सदस्य पनि टाढैबाट हेरेर बस्नेछन् तर बिरामी हुँदा शौचालयसम्म पनि लग्दिने छैनन् ।
५. जसोतसो हस्पिटल पुगिहाले पनि अनुभवहिन विद्यार्थी डाक्टरले हेर्नेछन् ।
६. विशेषज्ञ डाक्टर आइहालेपनी औषधिको अभाव भइसकेको हुन सक्नेछ ।

यस्तो स्थितिमा भगवान भरोसा भन्नू बाहेक विकल्प हुने छैन । त्यसैले समयमै सावधानी अपनाऔं जिम्मेवार बनौं रोग फैलिन नदिनु नै यस रोग को उपचार हो ।

 


(लेखक पौडेल भरतपुर अस्पताल फार्मेसी चितवनमा कार्यरत छन् )

Hamro Doctor
Last modified on 2020-05-07 09:07:02

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts