नेपालमा कोरोना संक्रमणः २ महिने शिशुदेखि ८१ वर्षीया वृद्धासम्म



Download our app to get more features

काठमाडौं, २९ वैशाख । सरकारले नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी वयस्कहरुमा देखिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म देखिएका कोरोना संक्रमितमध्ये अधिकांश वयस्क रहेका छन् । 

मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा प्रवक्ता डा.विकास देवकोटाले नेपालमा हालसम्म कोरोना भाइरसका कारण २ महिनादेखि ८१ वर्ष उमेर समूहका व्यक्तिहरु रहेको बताए ।

उनले हालसम्म नेपालमा एक सय २१ जनामा कोरोना संक्रमण देखिएकोमा ८९ जना पुरुष र ३२ जना महिलाहरु रहेको जानकारी दिए । 

सोमवार मात्रै नेपालमा ११ जना नयाँ कोरोना संक्रमित फेला परेको भन्दै डा.देवकोटाले संक्रमित सबै भारतबाट नेपाल आएको बताए ।

नेपालमा पछिल्लो समय देखिएका कोरोना संक्रमितहरु भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेकाहरु भएकाले भारतसँग सीमाना जोडिएका क्षेत्र उच्च जोखिममा रहेकाले विशेष सतर्कता अपनाउन पनि उनले आग्रह गरे । 

Last modified on 2020-05-11 16:38:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts