अपडेट

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

यस्तो विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, २३ वैशाख । नेपालमा थप ७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक ८ जनाको कोराना परीक्षण गरिएको छ । परीक्षण गरिएका आठै जनामा कोरोना नभएको पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

नेपालमा कोरोनालाई लिएर गरिने थ्रोट स्वाब परीक्षणको दरमा कमी आउँदै गएको छ । विभिन्न स्थानमा स्थापना गरिएका पीसीआर मेसिनमा चाहिने किट अभावका कारण कोरोना परीक्षण स्थगित भएका छन् । रुपन्देहीमा स्थापना गरिएको प्रयोगशालामा किट अभावका कारण कोराना परीक्षण स्थगित गरिएको छ भने विराटनगरमापनि किट अभावका कारण कोरोना परीक्षण स्थगित भएको छ । 

पछिल्लो समय दक्षिणपूर्वी एसियाली मुलुक भारत कोरोना भाइरसको केन्द्रबिन्दु बनेको छ । भारतमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या हजारका दरले बढ्दै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा कोरोना भाइरसका कारण ४६ हजार ४ सयभन्दा बढी मानिसहरु संक्रमित भएका छन्  । यस्तै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५ सय नाघेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना कारण संक्रमित भएकामध्ये ११ हजार ७ सयभन्दा बढी स्वस्थ भएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने जुनसम्ममा अमेरिकामा कोरोना कारण मृत्यु  हुनेको संख्या एक लाख पुग्ने चेतावनी दिएका छन् । कोरोना भाइरसका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । जहाँ हालसम्म ६८ हजार ९ सयभन्दा भन्दा बढीको मृत्यु भइसकेको छ भने ११ लाख ८० हजारभन्दा बढी संक्रमित भएका छन् । यसैबीच कोरोनाका कारण अमेरिकाले ३० खर्ब डलर ऋण लिने जनाएको छ । मुलुकमा बिग्रिदो अर्थव्यवस्थाका कारण अमेरिकालाई ३० खर्ब डलरको आर्थिक भार पर्ने भएकाले ऋण लिनु पर्ने जनाएको छ । ऋणमा लिइने पैसा मुलुकको स्वास्थ्य सेवा, राहत प्याकेज र अन्य आवश्यक परेकालाई दिइनेछ ।

टर्कीका राष्ट्रपति रिचैप तैय्यप एर्दोआनले मध्य मे सम्म लकडाउन खुकुलो बनाउने बताएका छन् । लकडाउनलाई खुकुलो बनाउँदा किरानाका पसल, सपिंग सेन्टर, शैलुन ११ मे सम्म खोलिने र विश्वविद्यालय १५ जुनसम्म बन्द रहने तयारी गरिएको उनले बताए । मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ३१ सहरमा पछिल्लो केहि सातादेखि कर्फुयू लगाइएको छ । टर्कीमा हालसम्म कोरोनाका कारण एक लाख २७ हजारभन्दा बढी संक्रमित भएका छन् भने ३ हजार ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

न्यूजिल्याण्डमा पछिल्लो २ दिनमा एक जनापनि कोरोना संक्रमित भेटिएका छैनन् भने कसैको मृत्यु पनि भएको छैन । न्यूजिल्याण्डका प्रधानमन्त्री ज्यासिन्डा एर्डेनका अनुसार न्यूजिल्याण्डमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउन थालेको छ । न्यूजिल्याण्डमा हालसम्म कोरोनाका कारण ११ सय ३७ जना संक्रमित भएका छन् भने २० जनाको मात्रै मृत्यु भएको छ ।

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ३६ लाख नाघेको छ । यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ५२ हजार नाघिसकेको छ । कोरोनाका कारण संक्रमित भएकामध्ये झन्डै १२ लाखभन्दा बढी मानिसहरु स्वस्थ भएका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts