सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको अवस्था गम्भीर, हवाई उद्धारको तयारी


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

धनगढी, ३ असार ।  कैलालीको गोदावरी नगरपालिका–४ का ४६ बर्षीय कोरोना संक्रमित पुरूषको स्वास्थ्य अवस्था बिग्रिएपछि हवाई उद्धारको तयारी सुरु भएको छ । उनलाई गत शनिवार कोरोना पुष्टि भएका थियो । सेती प्रादेशिक अस्पतालले आईसियूमा उपचार भइरहेकोमा मंगलबाररातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको अस्पतालले जनाएको छ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महशाखा प्रमुख नरेन्द्र कार्कीले उनलाई एयर एम्बुलेन्समार्फत उद्धार गरी काठमाडौँ पठाउने तयारी भईरहेको बताए। ‘सेती प्रादेशिक अस्पतालले हवाइ उद्धारका लागि अनुरोध गरेको छ,’ कार्कीले भने, ‘हामीले आन्तरिक मामिला तथा कानुन मन्त्रालाई हवाइ उद्धारको व्यवस्था मिलाईदिन आग्रह गरेका छौँ।’

vayoda

संक्रमित पुरुष कञ्चनपुरको गड्डाचौकीबाट यात्रुलाई क्वारेन्टिनसम्म पुगाउने बस चालक हुन् । यसअघि उनको नवजीवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो। नवजीवन अस्पतालमा जानुअघि उनी धनगढीकै माया मेट्रो अस्पतालमा पनि गएका थिए। माया मेट्रो अस्पतालले भर्ना हुनुपर्ने सुझाव दिएकोमा उनी भर्ना नभई सिधै घर गएका थिए भने अर्को दिन नवजीवन अस्पताल आएका थिए।

Hamro Doctor
Last modified on 2020-06-17 13:58:31

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts