धनगढीको कोरोना परीक्षण प्रयोगशाला शतप्रतिशत विश्वसनीय


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

धनगढी, ११ असार ।  धनगढीको कोरोना परीक्षण प्रयोगशाला शतप्रतिशत विश्वसनिय रहेको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको ‘क्रस भेरिफिकेशन’ मा धनगढी प्रयोगशाला शतप्रतिशत विश्वसनिय रहेको पुष्टि भएको हो।

‘क्रस भेरिफिकेशन’ का लागि पाँच जना पोजेटिभ र पाँच जना नेगेटिभ रिपोर्ट आएका व्यक्तिको नमुना काठमाडौँ पठाइएकोमा धनगढी प्रयोगशालामा पोजेटिभ आएका पाँच जनाको काठमाडौँमा पनि पोजेटिभ र धनगढीमा नेगेटिभ रिपोर्ट आएका व्यक्तिको काठमाडौँमा पनि नेगेटिभ आएको प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताए । संघीय सरकारले आरटी–पीसीआर मेसिन पठाएका २९ चैतदेखि धनगढीमा कोरोना परीक्षण सुरु भएको थियो । अहिलसम्म धनगढी प्रयोगशाला मार्फत आठ हजार तीन सय जनाको कोरोना परीक्षण भएको छ। 

vayoda

धनगढी प्रयोगशालाको नेतृत्व शाहीले गरिरहेका छन् भने उनको टीममा कञ्चन विष्ट, अर्जुन भुसाल, आनन्द मण्डल, योगेन्द्र शाह, कृष्ण गौतम, चन्द्र भट्ट, पवन धामी लगायतका रहेका छन्।

Hamro Doctor
Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts