राजधानी बाहिर पहिलोपटक चितवनमा कलेजो प्रत्यारोपण, छोरीको कलेजो आमालाई दान



Download our app to get more features

चितवन १२ चैत । भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) ले आफ्नो सेवा विस्तार गर्दै कलेजो प्रत्यारोपण समेत सुरू गरिएको छ ।

राजधानी बाहिर पहिलोपटक विशेषज्ञ चिकित्सक सहितको टोलीले गत आइतबार कलेजोको सफल प्रत्यारोपण गरेको हो । भरतपुर महानगरपालिका–१० घर भई काठमाडौं बस्दै आएकी ५४ वर्षीय धनकुमारी लामालाई उनकी ३४ वर्षीया छोरी उषाको कलेजो प्रत्यारोपण गरिएको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

लामाको विग्रिएको कलेजोलाई पुर्नजीवन दिन उनलाई आफ्नो छोरीको शरिरमा असर नपर्नेगरी आवश्यक कलेजोको भाग निकालेर प्रत्यारोपण गरिएको डा. सञ्जय यादवले बताए । उनले झन्डै १२ घण्टा जति लगाएर कलेजोको सफल प्रत्यारोपण गरिएको जनाए ।

यसअघि सिएमसीले आफ्नो सेवा विस्तार गरी मेडिकल क्षेत्रमा अत्याधुनिक तथा अति विशिष्ट मानिने न्युक्लियर मेडिसिन सेवा गतपुस महिनादेखि नै सञ्चालनमा ल्याएको छ । त्यसका लागि अत्याधुनिक उपकरण सिंगल फोटोन इमिसन कम्प्युटेड टोमोग्राफी तथा अन्य आवश्यक उपकरणहरु ल्याइएको अस्पतालले जनाएको छ ।

यसले पुरै शरीरको स्क्यान गर्दछ । शरीरको कुन अङ्गले कत्तिको काम गरेको छ भन्ने परीक्षण गर्दछ । साथै आवश्यकता अनुसार उपचार समेत गर्ने गरिन्छ ।

यस उपचार विधि मार्फत थाइराइड, फोक्सो, मुटु, मस्तिष्क, हड्डी, मिर्गौला, कलेजो लगाएत प्रायः सबै अंगको परीक्षण तथा उपचार सम्भव रहेको अस्पतालका न्युक्लियर मेडिसिन विभागका प्रमुख डा. जीवन पौडेलले जानकारी दिए ।

Last modified on 2021-03-26 07:23:58

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts