थप ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु, सक्रिय संक्रमितको संख्या ३१ हजारभन्दा बढी



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

काठमाडौं, १७ असार । नेपालमा थप ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको छ । जसमा २८ हजार ३ सय ७४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ९ सय ९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै हाल रहेका संक्रमितमध्ये ६ सय २९ जना आईसीयूमा रहेका छन् भने १ सय ८१ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts