उपचारका लागि स्वास्थ्य चौकी पुग्दा औषधि नै पाइएन


Download our app to get more features
Spark_health_home Birat Hospital

रुकुम, ४ असोज । पश्चिम रुकुमको आठविसकोट नगरपालिका–२ स्यालाखदीकी २४ वर्षीया रमला बोहरा एक महिनाअघि ज्वरो आएपछि उपचारका लागि गाउँको स्वास्थ्य चौकी पुग्दा त्यहाँ उपचार त भएन औषधिसमेत नपाएपछि रत्तो हात घर फर्कन बाध्य भइन् । 

सोही गाउँकी विरमी बुढाको दुई साताअघि पाँच वर्षकी छोरी बिरामी भएपछि स्वास्थ्यचौकी ल्याउँदा ती बालिकाको न उपचार भयो न त औषधि नै दिइयो । यस्तै समस्या यहाँ थुप्रैले व्यहोरी सकेका छन् । विगत दुई महिनादेखि यहाँको स्वास्थ्यचौकीमा सिटामोल र आइरन चक्कीजस्ता सामान्य औषधि समेत छैन । दैनिक आउने गाउँका बिरामीले स्वास्थ्यचौकीबाट रत्तो हात फर्कन बाध्य हुनुपरेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले जनाएका छन् । 

vayoda

bp_ad

अन्य गाउँका स्वास्थ्य चौकीमा अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्की लगायतका औषधि नपाएपछि बिरामी मर्कामा परेका हुन् । आफू गर्भवती भएको छ महिना हुँदासम्म पनि आइरन चक्की सेवन नगरेको स्यादाखदीकी २८ वर्षीया पविता यरीले बताइन् । आफूलाई गर्भवती भएपछि आइरन चक्की सेवन गर्नुपर्छ भन्ने कुरा थाहा भए पनि स्वास्थ्य चौकीमा यस्ता औषधि नभएपछि खान नपाएकोे उनको गुनासो थियो । 

“स्वास्थ्य चौकी आउँछु, आइरन चक्की छैन, गर्भवती भएको छ महिनासम्म पनि आइरन खाएको छैन”, यरीले भनिन्, “चिकित्सकले गर्भवती हुँदा आइरन चक्की नीयमित सेवन गर्नुपर्छ भन्छन् तर स्वास्थ्य चौकीमा जाँदा छैन भन्छन् अनि कसरी ?” उनले थपे, “सकारले निःशुल्क रुपमा उपलब्ध गराउने औषधि नै पाइन छोड्यो, गाउँमा मेडिकल पनि छैन अब कहाँबाट औषधि ल्याउने ।” 

स्वास्थ्य संस्थामा सामान्य खालका औषधि पनि अभाव हँुदा उपचारमा समस्या भएको पाटन नगरपालिकाको सिद्घेश्वर स्वास्थ्य चौकीका अनमी लक्ष्मी भट्टले जानकारी दिए ।

(राससको सहयोगमा)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>
samyog_advertisement alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts