लुम्बिनी अस्पताललाई २५ लाखको उपकरण प्रदान 



Download our app to get more features

रुपन्देही, १ साउन । लायन्स क्लब अफ बुटवलले नवजात शिशु तथा प्रसुति उपचारमा प्रयोग हुने साढे २५ लाख रुपैयाँ बराबरका उपकरणहरु आज लुम्बिनी अञ्चल अस्पताल बुटवललाई हस्तान्तरण  गरेको छ ।

अस्पताल परिसरमा आयोजित कार्यक्रममा लायन्स क्लव बुटवल बर्ष १८/०१९ का अध्यक्ष शुनिलकृष्ण श्रेष्ठले बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी, अस्पताल विकास समितिका अध्यक्ष रमेश खनाल र मेडिकल सुपरीटेन्डेन्ट डा. कृष्णप्रसाद खनाललाई संयुक्त रुपमा उपकरण हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बुटवल उप–महानगरका प्रमुख सुवेदीले  सामाजिक सेवा भावले गरिएको लायन्सको काम उत्कृष्ठ भएको बताए ।  आगामी दिनमा पनि सहकार्यका लागि स्थानीय सरकार जहिले पनि तयार रहेको बताए ।
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद  खनालले क्लबले दिएका उपकरणले नवजात शिशु र सुत्केरी आमाको उपचारमा, फायर फ्लाइट फोटोथेरापी, आईप्याच, अल्कोहल मिटर, स्कीन सेन्सर, कोलिब्री फोटोथेरापी, इन्फ्यान्टको उपचारमा सहयोग हुने बताए । 

‘आँखाको निःशुल्क उपचार गर्ने तयार छौं’
कार्यक्रममा लायन्स ३२२५बि२ का डिष्ट्रिक गर्भनर सुनिल ओझाले लायन्सले अन्धोपन निवारणसँगै अभियानको रुपमा डाईबेटिज अन्त्यको लागि विभिन्न सचेतनामुलक कार्यक्रम अगाडी बढाएको जानकारी गराए । 
पुर्व डिष्ट्रिक गर्भनर महेन्द्रनारायण श्रेष्ठले अञ्चल अस्पताले कुनै पनि स्थानमा जग्गा उपलब्ध गराएमा निःशुल्क रुपमा आँखा उपचार गर्ने क्लिनिक सञ्चालन गर्न तयार रहेको धारणा राखे ।

कार्यक्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलका अध्यक्ष रमेश खनाल, लायन्स क्लव अफ बुटवलका पुर्वअध्यक्ष अर्जुनमान सैजु, लायन्स बुटवलका सचिव आनन्दमान ओझा लगायतले मन्तव्य दिएका थिए । 
क्लबका पूर्वअध्यक्ष अर्जुनमान सैंजूको संयोजन र लायन्स इन्टनेशनल डिस्ट्रिक्ट ३२५बी२ को सहकार्यमा इटालीस्थित गैरसरकारी संस्थाहरु एएनटी, एमटीटीएस र डे वान हेल्थले अमेरिकी डलर २१ हजार ५ (२५ लाख ५० हजार नेपाली रुपैयाँ) बराबरका विभिन्न उपकरण क्लबलाई उपलब्ध गराएको वताए । 

क्लबले नवजात शिशु र सुत्केरी आमाको उपचारमा प्रयोग हुने फायर फ्लाइट फोटोथेरापी, आईप्याच, अल्कोहल मिटर, स्कीन सेन्सर, कोलिब्री फोटोथेरापी, इन्फ्यान्टमा जण्डिस लगायत रोगको संक्रमणबाट बचाउने वार्मर, बेबी बानेट, लाइट मिटर, ड्यूओ नोजल क्यानुल्स रहेका छन् । उपकरण प्रयोग गर्न सिकाउन समेत इलाटीबाटै प्राविधिक टोली अस्पतालमा आउने लायन्स क्लबले जनाएको छ ।
 

Last modified on 2018-07-17 14:43:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts